५ जेष्ठ २०८१, शनिबार
नगर स्तरीय युवा क्लब सञ्जालको संदेशमुलक भैलो गित सार्वजनिक (भिडियो सहित)

  • टाइम्स संवाददाता

  • २५ कार्तिक २०८०, शनिबार १८:४६

कोहलपुर,बाँके: कोहलपुर नगर स्तरीय युवा क्लब सञ्जालले समाजिक सुरक्षा र  सचेतनाका लागि निर्माण गरेको संदेश मुलक  देउसी भैलो गीत सार्वजनिक गरिएको नगर स्तरीय युवा क्लब संञ्जालले जनाएको छ। तिहार नजिकिदै गर्दा विशेष गरि संस्कृति परम्परालाई जोड्दै वर्तमान अवस्थाको परिवर्तनको विषयलाई समेटेर तयार पारिएको गीत  शुक्रबार सार्वजनिक गरिएको हो ।

कोहलपुर क्षेत्रलाई विशेष बनाई बाँके जिल्ला भित्र भईरहेका विभिन्न क्रियाकलापहरुलाई गीतमा समेटिएको गितमा संस्कृतिलाई आत्मसात गर्दै चाडपर्व मनाउ, लागुऔषध सेवन नगरौ, ट्राफिक नियमको पालना गरौ, सवारी साधनको सहि तरिकाले प्रयोग गरौ, जथाभावी फोहोर नगरौ , बोटबिरुवाको संरक्षण गरौ, धूम्रपान र मध्यापान नगरौ, सबै मिलेर सुन्दर शहर निर्माण गरौ भन्ने जस्ता शब्दहरुले गीत मार्फत संदेश दिएको छ ।

विभिन्न सामाजिक अभियान्ताहरु यस्तै विभिन्न राजनीति दलका नेताहरु, सुरक्षाकर्मी र क्लबका अन्य सदस्यहरुको अभियान रहेको छ । जिल्ला ट्राफिक कार्यलय बाँके, कोहलपुर नगरप्रहरी, यस्तै इलाका प्रहरी कार्यलय कोहलपुरको समन्वयमा र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा गीत निर्माण गरिएको हो ।

गीतको शब्द सिर्जना क्लबका अध्यक्ष रमेश वरले गरेका छन भने संगीत संयोजन गणेश बि क को रहेको छ ।  बलु तामाङ र शान्ति सुनारको आवाज रहेको यस गित गणेश बिस्टको निर्देशनमा कोहलपुरका विभिन्न ठाउँमा  छायांकन गरिएको जनाईएको छ ।

 

Nabintech