५ जेष्ठ २०८१, शनिबार
भाईटिका नजिकिंदै गर्दा कोहलपुरमा देउसि भैलोको रौनक (फोटो फिचर)

नारायणले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई देउसीको गाथा चलेको भनाई


  • बिकल भट्टराई

  • २८ कार्तिक २०८०, मंगलवार १२:१८

कोहलपुर,बाँके:हरेक बर्ष लक्ष्मि पुजाका दिनदेखि भाईटिकाका दिन सम्म खेलिने देउसि भैलोले यतिबेला कोहलपुर वजारमा रौनकता थपेको छ । सुनसान ब्यापारलाई चिर्दै बिभिन्न लोक संस्कृती झल्किने गित संगित देखि आधुनिक डिजे बजाउदै युवा युवतीहरु यत्रतत्र गर्दा सांच्चिकै तिहार आएको भान यति बेला कोहलपुर क्षेत्रमा भएको बताउछन श्रेष्ठ क्लाथ हाउसका प्रोप्राईटर ईन्द्र श्रेष्ठ।

देउसी भैलो उति बेलाको सिञ्जा राज्यबाट प्रचलनमा आएको र यसको छुट्टै सांस्कृतिक महत्व रहेको जानकारहरु बताउँछन । अहिले भने, मनोरञ्जन र आर्थिक पाटोलाई मात्रै हेरेर देउसी भैलो खेल्ने परिपाटिले गर्दा कात्तिके दान दिनेहरुले समेत झेंझो मान्ने गरेका छन ।यतिबेला कोहलपुरमा आफनो सांस्कृतीक परम्परा जोगाउने भन्दै सल्यान, रुकुम, जाजरकोट र कर्णालीबाट बसाई सरि आएका ब्यक्तिहरुले आफनो समुह बनाई मौलिक बाजा र परम्परागत देउसि भैलो खेलिरहेका छन भने कतिपय युवा युवतीहरुको समुहले मौलिकता गुमाएको देउसि भैलो खेल्दै बजारभरि मनोरञ्जन दिने र द्रब्य कमाउदै गरिरहेको पाईन्छ ।

देउसी भैलो गाउँदा लोकगाथा पनि जोडिने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ । ठाउँअनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ तर पछिल्लो समय आधुनिकताले भने मौलिकता हराउन लागेको प्रष्ट देख्न पाईन्छ । केहि दिन अघि मात्र जाजरकोट भुकम्पबाट पिडितहरुका लागि भन्दै रकम संकलन गर्ने उद्धेश्यले भैलि खेल्नेहरु बजारमा देखिएका छन भने बिद्यालय, क्लव र बिभिन्न समुहले आफनै पारामा देउसि भैलो खेलिरहेको कोहलपुर बजार क्षेत्र संगितले गुञ्जमान हुदै गएको प्रति खुशि ब्यक्त गर्छन कोहलपुर १० का कृष्ण पुन ।

रुकुम मुरु स्थाई थातथलो भएका पुनले रुकमेलि सिंगारु र मयुरवाला नाच देखेपछि आफु जन्मेको स्थान र संस्कृती सम्झिदै दान दक्षिणा समेत मनग्य दिने गरेका छन । देउसी र भैलोमा लोकबाजाको ठाउँमा आधुनिक बाजा बजाउने र लोकगाथाको सट्टा आधुनिक गीत गाउने प्रचलनले यसको सांस्कृतिक महत्व ओझेलमा पर्न थालेको पुन बताउछन ।

राजा बलिले वामन अवताररूपी नारायणले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए। त्यसबेला नारायणले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई देउसीको गाथा चलेको हो भनिन्छ। आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको स्मरण गर्दै मानिसहरूले देउसीभैलो खेल्ने परम्परा चलाएका हुन् भन्ने विश्वास गरिन्छ।

यसै कारण पनि देउसीभैलोमा बलि राजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाइन्छ। कतिपय ‘देउसी रे’लाई संस्कृत भाषाको देवम् शिरम् भएको तर्क पनि गर्छन्। अर्थात् देवताको शिर भन्ने अर्थमा देउसी गाइएको हो। वर्षौ अघिदेखि गाउँका कुनाकन्दरामा सिर्जना भएका र समय र स्थानअनुसार परिमार्जन हुँदै आएका साहित्य पनि कम मजबुत हुँदैनन् भन्ने प्रमाण तिहारमा खेलिने देउसीभैलो चुट्का, बालन, भजन आदिले दिइरहेका हुन्छन्।

 

Nabintech