२१ बैशाख २०८१, शुक्रबार
केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै

  • टाइम्स संवाददाता

  • १० मंसिर २०८०, आईतवार ०९:३३

काठमाण्डाै: केपी ओली कप टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच बिहान ९ बजे खेल हुनेछ ।

त्यस्तै,आज हुने दोस्रो खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लब दिउँसो एक बजे खेल्नेछन् । हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले लुम्बिनीलाई ८४ रनले र कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हराएको थियो ।

पोखरामा भइरहेको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Nabintech