१६ बैशाख २०८१, आईतवार
भारत र अमेरिका नेपालमा अस्थिरता चाहन्छन्: सांसद ढकाल

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८०, शनिबार १३:३२

(सांसद ढकाल ०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा बाँके जिल्लाको क्षेत्र नंम्वर १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले २०४५ देखि ०५७ सालसम्म नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनमा आवद्ध भएर सांगठनिक काम गरेका थिए । सोक्रममा ढकालले अनेरावस्वबियूको केन्द्रीय सदस्य हुँदै भेरी अञ्चलको इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्ने अवसर प्राप्त गरे । उनै सांसद ढकालसँग  युवासंघले गरिरहेको आन्दोलन, पार्टीले मध्यपहाडी क्षेत्र केन्द्रित भएर गर्न लागेको गतिविधि र सरकारका काम कारवाहीका बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको मुख्य अंशः सम्पादक) 

० राष्ट्रिय युवा संघ नेपालले गएको २०८० मंसिर ७ गते संघीय राजधानी केन्द्रित रहेर वर्तमान सरकारविरुद्ध गरेको विरोध कार्यक्रमलाई तपाईंले कसरी लिनुभएको छ ?
–नेकपा एमालेसँग आवद्ध २३ ओटा जनवर्गीय संगठन रहेका छन् । ती मध्ये राष्ट्रिय युवा संघ नेपालको नेतृत्व र बाँकी संगठनको सहयोगमा यो आन्दोलन भएको हो । वर्तमान गठबन्धन सरकार भ्रष्टाचार, बेथिति, अनियमितता, कालोबजारी नियन्त्रण गर्न पुरै असफल भएको छ । यीलगायत उसले गरेको हरेक गल्ती, कमजोरी र हेलचेक्र्याँइँ विरुद्ध निरन्तर रुपमा खवरदारी र जनप्रदर्शन गर्न हामी लागेका छौं ।

० भनेपछि युवा संघको आन्दोलन महागठबन्धन सरकारविरुद्ध केन्द्रित छ ?
–हो, सरकारले गरेको हरेक गलत कामको भन्डाफोर गर्दै जनतालाई सचेत गराउने उद्देश्यले हमी शान्तिपूर्णरुपमा देशभरी नै खवरदारीका लागि जुटिरहेको अवस्था छ । त्यसैको तयारी स्वरुप हामीले २०८० मंसिर ७ गते संघीय राजधानीमा आन्दोलनको कार्यक्रमा आयोजना गरेर खवरदारी गरेका हौं ।

० सरकारका काम कारवाही विरुद्धभण्डाफोर गर्ने भनेपछि नेकपा एमालेले पार्टीले नै आन्दोलनको नेतृत्व गर्नुपर्ने होइन, किन जनवर्गीय युवा संगठनबाट गरिएको नि?
–नेकपा एमालेले सरकारले गरेका अन्याय, अत्याचारविरुद्ध सदनदेखि सडकसम्म आवाज उठाइरहेको छ । २०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा ठूलो भूकम्प गयो । जसले ठूलो जनधनको क्षति ग¥यो । नेकपा एमालेले १ हजार भन्दा बढी स्वयंसेवककार्यकर्तालाईती प्रभावित जिल्लामा खटाएर उद्धार, पुनर्निमाणमा परिचालित गरिरहेको  छ । हामी चुप लागेर बसेका छैनौ । तपाईंले भने जस्तो सरकारका गलत कामकारवाहीविरुद्ध जनसंगठन परिचालन मात्रमा हामी सीमित हुँदैनौ । अव सिङ्गो पार्टी नै परिचालन गरेर सरकारले गरेका कमी कमजोरी बिरुद्धसशक्त ढंगले लाग्ने छौं ।

० यो सरकार गठन भएको आगामी एक महिना पछि २०८० पुष ११ गते एकवर्ष पुग्दैछ, यो बिचमा संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेपनिनेकपा एमालेले प्रभावकारी ढंगले सदनभित्र र बाहिर पार्टीलेसशक्त उपस्थिति देखाउन नसकेको आरोप खेपिरहेको छ नि ?
–यो प्रश्नमा खासै सत्यता छैन । नेपालमा पहाडबाट ठूलो संख्यामा बसाई सरेर तराई झर्ने र पहाडका बस्तीहरू खाली हुँदै गएका छन । यसकारण पनिराष्ट्रिय  सन्देश दिनेगरी नेकपा एमाले पहाडलाई कसरी समृद्धिको आधार बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर लागेको छ । यही सन्देश प्रवाह, अन्तरकृया र उत्पादनसँग जोडिएकालाई सम्मान गर्दै जाने योजना अगाडि सारेका छौं । पहाडको विकासमा महत्वपूर्ण दृष्टिकोण र योजना अगाडि सार्ने उद्देश्यले हामीले २०८० मङ्सिर १४ गतेबाट त्यो अभियानको पनि सुरुवात गर्दैछांै । यसकारण पनि हामी चुप लागेर बसेका छौं भन्ने अवस्था छैन ।

० मंसिर ७ गते एमालेले पार्टीले नै जिम्मेवारी लिएको युवा संगठनले आयोजना गरेको कार्यक्रम पार्टी हैसियत अनुसार, त्यति प्रभावकारी भएन भनिदैछ नि ?
–हाम्रो पार्टीसँग जोडिएका विभिन्न संगठनहरुले समाजमा भएका अन्याय, अत्याचार र उत्पीडनको विरुद्ध आ–आफ्नो ढङ्गले आन्दोलन गरिरहेका छन् । युवा संघ नेपाल यस्तो संगठन हो, जसलाई आम युवादेखि पब्लिकसम्मले विश्वास गरेका छन । गणतान्त्रिक आन्दोलनको योद्धा, राष्ट्रियताको पहरेदार र युवा आन्दोलनको नेताको रुपमा युवासंघलाई स्वीकार गरेका छन् ।

० मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय युवा संघ नेपालले एकैदिन सरकारविरुद्ध विरोध कार्यक्रम आयोजना गर्नुले कस्तो संकेत पाइरहनु भएको छ ?
–त्यस्तो नयाँ संकेत केही होइन्। केही मिडिया नेकपा एमालेको विरोधमा लागेका छन् । भ्रष्टाचारी सरकारको संरक्षण गर्न रविषय डाइभर्ट गर्न खोजेका छन् । मङ्सिर ७ गतेको बिरोध प्रदर्शन राष्ट्रिय युवा संघ नेपालले दुई महिना अगाडि नै घोषणा गरेको कार्यक्रम हो ।युवा संघले जनप्रदर्शन गर्ने भनेपछि आन्दोलनलाई कमजोर गराउनको निम्तिकेही बाह्य तत्वहरूले दुर्गा प्रसाईंलाई अगाडि सारेको हुन। अब उनलाई बोक्ने र समर्थन गर्नेहरूको पर्दाफास पनि क्रमश हुँदै जानेछ।प्रसाईंको आन्दोलनले के कुरा इङ्गित गर्छ भने– कुनै बेला काठमाडौंमा नानीमैयाँ दाहालको पनि यस्तै चुरीपूmरी थियो ।तर, अहिले उनीहरुको अवस्था के छ हामीले देखेकै छौं ।

० गत आमनिर्वाचनबाट नयाँ शक्तिहरुको उदय भएको कुरालाई स्वीकार गर्नुहुन्न ?
–गत आमनिर्वाचनमा पनि रवि लामिछानेको र ज्ञानेन्द्र शाहीको पक्षमा केही जनमत देखियो । अहिले दुर्गा प्रसाईंको पक्षमा पनि केहीजनमत देखिंदैछ । उनीहरु संगठन निर्माण गरेर, जनताको मन जितेर यहाँ आइपुगेका पक्कै होइनन् । उनीहरु राजनीतिक दलबाट भएको कमजोरीको फाइदा लिन अग्रसर छन । जुन कुरा देखाएर उनीहरु हाइलाइट हुन खेज्दैछन ।

० मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई व्यवस्थाविरुद्ध आन्दोलन गर्न उचाल्ने पात्रहरू को हुन्एमालेले पहिचान गरेको छ त?
–यसमा प्रष्ट छ । दुर्गा प्रसाईंले सञ्चालन गरेको २०८० मंसिर ७ गतेको आन्दोलनमा काठमाडौँ उपत्यकाभित्रमाओवादीका सबै कार्यकर्ता सहभागी थिए भनिन्छ । हिन्दु राज्य त धेरैले चाहेको होलान् । तर, राजतन्त्र फर्काउनुपर्छ भन्नेसामन्तवादी तत्वपनिप्रसाईंसँग छन्। ती तत्वहरुको पनि सहभागी रहेको बताइन्छ। नेपालमा राजनीतिक अस्थिरता भयो भने आफ्नो व्यवसाय चल्छ भन्ने बिचौलिया तप्काहरु पनि सल्बलाएका छन ।

० ती कुन मुलुकका तत्व हुन बताउन सक्नुहुन्छ ?
–भारत र अमेरिका नेपालमा अस्थिरता चाहन्छन्। उनीहरुबाट पनि प्रसाईंको आन्दोलनमा सहयोग रहेको सूचना छ। जस्तै अरु कसैले उचालेको भएपनि आन्दोलनलाई अहिलेको सरकारले उचालेर नेकपा एमालेलाई कमजोर बनाउने खेल चलिरहेको छ । जनता एमालेको पक्षमा छैनन् भन्ने भाष्य देखाउन खोजिरहेको देखिन्छ।

० एमाले देशभक्त थियो भने २०८० मंसिर ७ गते नै दुर्गा प्रसाईंले कार्यक्रम गर्ने भएपछि त्यो दिन त क्यान्सिल गरेर अर्को दिन गरेको भए के हुन्थ्यो नि, त्यही दिन किन रोजियो?
–दुर्गा प्रसाईंको लोकप्रियता बढेको छ भनेर प्रचारबाजी गरिंदैछ नि । त्यो पानीको फोका जस्तो मात्रै हो। यसले राजनीतिको आन्तरिक जीवनमा कुनै अर्थ राख्दैन । प्रसाईंले उठाएका मुद्दा र उनका अभिव्यक्ति सुन्ने हो भने चकित भइन्छ । उनी कहिले मान्छेलाई काट्छु भन्छन् त कहिले बैंकबाट ऋण लिएकाहरुलाई कसैले पनि नतिर भन्छन् । यस्ता तुच्छ शब्दहरू उनले बोलिरहेको देखिन्छ। तर, उनको बोलीमा स्वार्थ छ ।  आफूले बैंकहरुबाट लिएको कर्जा तिर्न नसकेर यस्तो भनिरहेका हुन्।उनले जे मुद्दा उठाएर नेपाली समाजलाई तरङ्गित गर्नेगरी सपोर्टपाइरहेका छन् ।यसको बारेमा अव सरकार र राजनीतिक दलहरुले गम्भीर ढंगले छलफल गर्नुपर्छ।

०) तपाईं विद्यार्थी र युवा राजनीति गर्दै अहिले सांसद निर्वाचित हुनुभएको  छ, नेकपा एमालेले प्रसाईंको विरोध गर्नुभन्दा पनि युवा विद्यार्थीहरूको विदेश जाने लहरलाई रोक्नसक्ने गरी कार्यक्रम ल्याएको भए आन्दोलन स्वत कमजोर हुने थियो नि होइन ?
–हामीले आम युवा, विकासका सन्दर्भ, सुशासन र भ्रष्टाचारको विरोधको बारेमा सदनमा गम्भीर ढङ्गले कुरा उठाइरहेका छौं । अहिलेको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको छ।जस्तै, सुन तस्करी सरकारकै मिलेमतोमा भएको छ । भुटानी शरणार्थीकाण्ड, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपाल मुछिएको यथार्थ विवरण आएको छ । नेकपा एमालेले सरकारमा हुँदा त्यसलाई कार्यान्वयन गर्ने तहमा र प्रतिपक्षमा हुँदा ती मुद्दाहरूलाई दबाब दिने ढङ्गले उठाइरहेकै छ ।

० नेकपा एमाले सरकारमा हुँदा यी विषय किन प्राथमिकता नपरेको त ?
–हाम्रै सरकारको अगुवाइमा सात ओटै प्रदेशमा ठूला ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिएको थियो । राष्ट्रिय पुँजीको निर्माण गर्ने र नेपाली युवालाई नेपालमै रोजगारी दिने भनेर कार्यक्रम ल्यायौं। अहिलेको महागठबन्धन सरकारमा रहेका काङ्ग्रेस र माओवादीले त्यसको विरोध गरेका थिए । हामीले प्रत्येक जिल्लामा एउटा मेडिकल, नर्सिङ कलेज स्थापना गरी प्राविधिक धारलाई पालिका तहसम्म लैजाउ भन्यौ । सबैभन्दा बढी डाक्टर, स्टाफ नर्स,इन्जिनियरलगायतको प्राविधिक ज्ञान भएको मुलुक निर्माण गर्ने लक्ष्य लिएकाथियौं । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएको बखत यो अभियान अगाडि बढाएका थियौं । यी कुरालाई असफल बनाउनको निम्ति काङ्ग्रेस, माओवादी र माधव नेपालहरु मिलेर गोविन्द केसीलाई उचाले र  सारा मान्छे उनकै पछाडि लागेका होइनन्?

० यी राम्रा कार्यक्रमप्रति अरु राजनीतिक दलले बिरोध गर्नुको कारण के हो त ?
–हामीले देशको अर्बौं रकम बचाउन मेडिकल, नर्सिङ कलेज स्थापन गर्ने, पालिकामा प्राविधिक शिक्षा पढाउने, राष्ट्रिय गौरवका योजना सञ्चालन गर्ने, देशको अर्थतन्त्रलाई वृद्धि गर्ने जस्ता कार्यक्रमहरु अघि ल्यायौं । अहिले जुन नागढुंगा सुरुङमार्गको काम भैरहेको छ,  त्यो सुरु गर्दा नेता गगन थापाहरूले विरोध गरिरहेका थिए। उनीहरु नै अहिलेसुरुङ निर्माणमा जाने बेला होइन, राज्यले उद्योग खोल्दैन र राज्यले रोजगारी दिंदैन भन्थे । उद्योग व्यापारीले खोल्ने हो र रोजगारी बजारले दिने हो भन्दै कुर्लिन्थे । राज्यले रोजगारी दिने कुरा र राज्यले उद्योग खोल्ने कुरा विरोधाभाष छ भनेर गगन र विश्वप्रकाश शर्माले बोलेका हुन्।

० उनीहरुको यो भनाई गलत थियो भन्न खेज्नुभएको हो ?
–नेपालको प्रगतिको बाधक बनेको यथास्थिति शक्ति नै हो । अर्को, हिंसात्मक प्रवृत्ति र सामन्तवादी चिन्तन हो । जसको क्रमशः नेपाली काङ्ग्रेसले र नेकपा माओवादी केन्द्र र  पूर्व  राजावादीहरूले नेतृत्व गरेका छ्न् । यही चक्करमा अन्य उच्छृङ्खल तत्वले बेलाबेलामा नेपाललाई तरङ्गित गर्ने काम गरिरहेका छन् । बेला बेलाको तरङ्गको निरन्तरता दुर्गा प्रसाईं पनि हो । सरकारी मिडियाहरूले पनि नेकपा एमाले व्यक्तिको पछाडि लाग्यो भनिरहेका छन्। तर,नेकपा एमालेले नितान्तसरकारले गरेका भ्रष्टाचारको विरुद्धमा जनतालाई सचेत गर्ने गरी दुई महिना अगाडि घोषणा गरेको कार्यक्रम मंसिर ७ गतेको हो। राष्ट्रिय युवा संघले दुर्गा प्रसाईंको विपक्षमा यो आन्दोलन गरेको भने पक्कै होइन्।

० तपाईंले अरु पार्टीका नेतालाई विभिन्न काण्डमा मुछिएको देखाउँदै गर्दा तपाईहरुकै पार्टी नेकपा एमालेको सचिव पनि भुटानी शरणार्थी प्रकरणमा मुछिएको प्रमाणित भएर जेल गएका होइनन्?
–एमाले सचिव टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभयो। उहाँ अहिले हिरासतमा हुनुहुन्छ । अदालतमा उहाँहरुको मुद्दा  सुनुवाइ भइरहेको अवस्था छ । उहाँलाई त्यो केस हाम्रो पार्टीमा हुँदा लागेको हुँदै होइन्। उनी माओवादीकै नेता भइरहेको बेला त्यो घटना घटाउनु भयो । पछि उहाँ एमालेमा आउनुभएकोहो । यतिखेर भने उनी एमालेका नेता हुन्,  हामी यो स्वीकार पनि गर्छौं  । तर, त्यो घटना घटाएको भनेको माओवादीमा हुने बेला नै हो।जसले गर्दा भ्रष्टाचारलाई संस्थागत गर्ने काम नेकपा माओवाद र नेपाली काङ्ग्रेसले गरेको प्रष्ट देखिन्छ।

० तपाईंले माथि औद्योगिक क्षेत्र स्थापनाको कुरा गर्नुभयो, सरकारमा हुँदा नीति तबन्यो तर, कार्यान्वयन भएन भन्ने गुनासो छाएको छ नि ?
–हाम्रो पार्टीको अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर बजेट पनि बिनियोजन भएको थियो। प्रत्येक पालिकामा ग्रामीण उद्योगहरूको स्थापना गर्ने भनेर हामीले पैसा पनि व्यवस्थापन गरी निकाश गरेर शिलान्यास पनि भए । तर, शिलान्यास भएपछि नेकपा एमालेलाई स्वतन्त्र ढङ्गले काम गर्न दिइएन ।उसले भने अनुसार काम गर्न दिइएको भने अबयो देश नेकपा एमालेमय हुने भयो भनेर विरोधीहरु सल्बलाए र विपक्षमा लागेका थिए । पुष्पलाल, मदन भण्डारी र मनमोन अधिकारी पछिको लोकप्रिय नेता केपी ओली हुने भए भन्ने त्रास फैलियो । जसबाट नेताहरु झलनाथ खनाल, वामदेव गौतम, माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले केपीको धुँवाधार विरोध गर्न सुरु गरे। त्यसकारण पनि तत्कालीन सरकार गणितीय हिसाबले हामी अल्पमतमा प¥यौं ।

० ती अधुरा कामलाई पूरा गर्न नेकपा एमाले अब कहिले सरकारमा पुग्ला त?
–मुख्य कुरा भनेको बर्तमान सरकार देश निर्माण गर्नका लागि बनेको पक्कै होइन । यो विदेशीको इसारामा उनीहरुको कामहरूलाई टेवा दिने उद्देश्यले बनेका सरकार हो । अर्को नेपाली काङ्ग्रेस भनेको देशमा उद्योग कलकारखाना खोल्ने, नेपाली युवाहरूलाईस्वदेशमा नै रोजगार दिने पार्टी होइन । उसको नीति नै होइन। काङ्ग्रेसको नीति भनेको उद्योग पुँजीपतिले खोल्नुपर्छ र रोजगारी बजारले दिनुपर्छ भन्ने छ । त्यसकारण उसले उद्योग खोल्ने कुरा र रोजगारी दिने कुरा पनि भएन ।

० कमजोर भनेको मतलब सरकार परिवर्तन गर्नुपर्ने हो ?
–अहिले गणितीय हिसाब पनि कुनै न कुनै राजनीतिक दलसँग मिलेर सरकार बनाउनुपर्छ। अहिलेको सरकार दलाल पुँजीवादीको जगमा बनेको हो । जस्तै, सिट संख्या काङ्ग्रेसको बढी छ  भने जनमत नेकपा एमालेको । सरकारको नेतृत्वनेकपा माओवादीले गरिरहेको छ। यस्तो सरकार रहेसम्म देशमा अस्थिरता भइरहन्छ। भ्रष्टाचार र सामाजिक एकता खलबलिन्छ।त्यसैको उपजको एउटा प्रतीक दुर्गा प्रसाईंको आन्दोलन पनि हो। जसलाई एमालेविरुद्ध सबैले मलजल गरिरहेका छन् ।

० त्यसो भए यस्तो सरकारलाई अब कहिलेसम्म निरन्तरता दिइरहने त?
–नयाँसरकार गठनको निम्ति पहिला नेपाली काङ्ग्रेसको चेत खुल्नुपर्छ। प्रचण्डको पिछा गरेर जाने कि मुलुकलाई निकास दिने भन्ने कुरामा काङ्ग्रेसको चेत खुल्नुप¥यो । यदि काङ्ग्रेसको चेत खुल्यो भने यो सरकार दुई मिनेटमै गिरिहाल्छ । नेपाली काङ्ग्रेसको चेत खुलेन भने वा प्रचण्ड सरकारमै हाम्रो अस्तित्व छ भन्ने सोच्यो भने अझै बाँकी ४ वर्ष उनीहरुकै नेतृत्वमा आलोपालो सरकार चल्न सक्छ । यसले निरन्तरता पायो भने अहिले कर्मचारीलाई तलब खुवाउन नसक्ने आर्थिक अवस्थामा पुगेको मुलुकको अवस्थाझन अधोगति तिर नैजान्छ यसमा दुइमत छैन । नेपाली जनताको समृद्धिको चाहनामा पनि ठुलो अवरोध पुग्नेछ ।

० सत्ता गठबन्धा दलहरुले त यो सरकार ५ वर्ष नै टिक्छभनिरहेका छन नि, होइन र ?
–उनीहरूले भनेपनि राष्ट्र र जनताको लागि यो सरकार परिवर्तन गर्न जरुरी भइसकेको छ। यसको लागि काङ्ग्रेसको चेत खुल्ने गरी जनदवाव दिन जरुरी देखिन्छ। हामी त्यहीबाटो तर्फ अग्रसहर भइरहेका छौं ।

०७९ पुस ११ गते नेकपा एमालेसहित नेकपा माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा नयाँसरकार गठन भएको थियो, दुईमहिनापछि नै गठबन्धन  भत्कियो, यति छोटो समय पनि नटिक्ने वा बिना सुझबुझकिन गठबन्धन गरियो भनेर एमाले नेतृत्वको आलोचना भइरहेको छ नि ?
–एमालेको मात्र मतले सरकार बन्दैनथ्यो । नेकपा माओवादी हामीसँग मिल्दा सरकार सजिलै बन्थ्यो । माओवादीका अध्यक्ष प्रचण्डले त्यो बेला मैले गल्ती गरें, अब म सच्चिएर अगाडि बढ्न तयार छु भनेका थिए ।हाम्रो पार्टी अध्यक्षसँग यही प्रतिबद्धता जनाएका थिए । हामीले उनको भनाई सहजै स्वीकार ग¥यौं। तर, सरकार बने लगत्तै प्रचण्डले मलाई दबाब आयो, म थेग्न सक्दिनँ भन्नुभयो । किनभने उनले विदेशीको इसारामा काम गर्नुपर्दथ्यो ।एमालेसँग बस्ने हो भने राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई बलियो बनाउने, देशमा उद्योग कलकारखाना खोल्ने, नेपाली युवालाई नेपालमै रोजगारी दिने र सामाजिक सद्भाव कायम गर्नै पर्दथ्यो । हाम्रा पार्टी अध्यक्षको सुझाव पनि त्यही थियो ।

० गठबन्धन भत्किनुमा एमालेको कत्ति पनि दोष छैन त ?
–यसको कुनै दिन समीक्षा होला नै । प्रचण्ड कहिल्यै दौरा सुरुवाल नलगाउनेलाई लगाएर सदनमा आउन बाध्य पारियो । दौरा सुरुवाल लगाएरै प्रधानमन्त्रीको शपथ पनि उनले खाएकै हुन् । तर, विदेशी दबाबकै कारणले एमालेसँग टिक्न सकेनन्। त्यतिखेर पनि सरकार लामो समय चल्छ भनेर अनुमान गरेका थिएनौ । कुनै बेला धोका हुनसक्छ भन्ने कुरामा हाम्रो पार्टी अध्यक्ष प्रष्ट हुनुहुन्थ्यो । माओवादी अध्यक्ष प्रचण्ड आफंै बालकोट पुगेर मलाई सरकारको नेतृत्वमादिनुहोस् । म देश बनाउनको निम्ति लाग्छु  भनेकै हुन् । तपाइँ र तपाईको पार्टीले अघि सारेका ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका माग र मुद्दाहरुलाई सम्बोधन गर्नेछु भनेपछि हाम्रो पार्टीले सहयोग गर्नु स्वभाविक थियो।

० भनेपछि यसमा एमालेको थोरै पनि कमी कमजोरी छैन भन्न खोज्नु भयो?
–सरकार गठन भइसकेपछि टिकाउनको लागि प्रयत्न गर्नुप¥यो एउटा पाटो हुनसक्ला । तर, जुन पात्रलाई हामीले बोकिरहेका थियांै, त्यो अस्थिर पात्रबाट निस्किने परिणाम यही थियो भन्ने हेक्का हामीले राख्न सकेनौं । यो कुरामा हामी सचेत भने थियौं नै ।

० नेकपा एमालेले समयमा सोचबिचार नपु¥याउँदा अझै केही वर्ष सरकारमा पुग्ने अवस्था देखिंदैन भनिन्छ, यसका कत्तिको सत्यता देख्नुहुन्छ ?
–नेकपा एमालेले सोचेर नै आफ्नो नीति योजना अगाडि सारिरहेको छ।जस्तै, गएको निर्वाचनमा नेकपा एमालेलाई रोक्नको निम्ति ११ दलीय गठबन्धन गरियो । म पनि तीमहागठबन्धन दलहरुलाईहराएर निर्वाचित भएर आएको छु । नेकपा एमालेबेगरको गठबन्धनको परिकल्पना गरिएको थियो । हामीले त्यसलाई चिरेर आम निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा ध्यान दिएको भए सिटमा पनि हामी ठुलो पार्टी हुने रहेछौं । समानुपातिक मतमा त हामी ठूलो पार्टी बनेकै छौं ।

० कसका कारण एमाले पहिलो पार्टी बन्न सकेन त ?
–नेकपा एमालेलाई घेराबन्दी गराउनको लागि काङ्ग्रेस, माओवादी र सामन्तवाद अवशेषहरू पनि एमालेको विरोधमै थिए र अहिले पनि छन् । नेकपा एमालेलाई सत्तामा पु¥याइयो भने ५–१० वर्षमै नेपाललाई समृद्धिको यात्रामा लैजान्छ भन्ने कुरो काङ्ग्रेस र माओवादीले राम्रोसँग बुझेका पनि छन । त्यसैले नेकपा एमालेलाई जालझेल गरेर भएपनि अल्मलाउन विभिन्न तत्वहरू लागिपरेका छन् ।तर, नेकपा एमाले आफूलाई सुदृढ गर्दै अगाडि बढिरहेको छ।नेपाली जनताको जनसमर्थन एमालेको पक्षमा छ ।

० पछिल्लो समय तपाईंको जिल्लामा सामाजिक सद्भाव भड्काउने गतिविधि किन बढ्दै गइरहेका छन नि ?
–नेपालगन्ज काठमाडौँपछिको ऐतिहासिक शहर हो । त्यहाँ सामाजिक सद्भाव कायम गर्नको निम्ति हामी कृयाशील राजनीति दलहरूले महत्वपूर्ण भूमिका खेलेकै छौं ।तर, पनिआफ्नो  लाभ प्राप्तिको लागि धार्मिक रुपमा सद्भाव भड्काउने तत्वहरू पनि बेलाबखत सल्बलाउँछन्। ती तत्वहरूकै कारणलुम्विनी प्रदेशको नेपालगन्ज र मधेश प्रदेशको बारा जिल्लाहरुमा बेलाबखत यस्ता गतिबिधिहरु हुने गरेको छ। सामाजिक सद्भाव भड्काउने खालका अवाञ्छित गतिविधिलाई हामीलेनियन्त्रणको लागि निरन्तर रखवारी गर्दै आएका छौं ।

Nabintech