२१ बैशाख २०८१, शुक्रबार
ए ट्राफिक दाई दोष कस्को ?

यो चालु आर्थिक बर्षमा मात्र बाँके जिल्लाभित्र ५४ वटा सवारी दुर्घटनामा २४ जनाको ज्यान गएको छ अब यो सब को जिम्मेवारी कस्ले लिने ?


  • सरला सुबेदी

  • १८ मंसिर २०८०, सोमबार १६:१६

प्राय दैनिक रुपमा म दिनको दुई पटक कोहलपुर चौराहको बाटो ओहोरदोहोर गरिरहेको हुन्छु कहिले स्कुटी कहिले पैदल त कहिले अटोरिक्सामा जब म चपरगौडी देखी चौराहको उकालो बाटो हुदैकोहलपुर जादा होस कोहलपुर देखी चौराहको ओरालो हुदै चपरगौडी जादा होस चौराहको उकालो ओरालो आउने बित्तिकै स्कुटी मा भए स्कुटिको स्पिड कम गर्ने गर्छु अटोमा भए अटो चलाउने चालक दाइ होस या दिदि ए दाइ ए दिदि स्पिड कम गर्नुस है यहाँ बाटो साघुरो छ भिड छ भन्दै अटो हाक्न पठाउछु।

मलाई लाग्दैन सबैले मैले जस्तै बिस्तारै हाक्नुस भन्नु हुन्छ, अनि बिस्तारै सवारी साधन चलाउनु हुन्छ सबैलाई हतार नै हुन्छ ढिलो निस्कने अनि चाडो पुग्ने हाम्रो आदत नै बसिसकेको छ, तर कसैको ध्यान जादैन यो चौराह देखी ओरालो लागेको बाटो मात्र नभैई प्राय कोहलपुर नगरपालिका भित्रका सवै ठाउ भिडभाड नै हुने गर्दछ, भन्ने किनकी सबैलाई हतार हुन्छ जब हतार हुन्छ अनि दुर्घटना हुन्छ । अझ चौराहको उकालो ओरालो बाटो एकदम साघुरो त्यो माथी दुबै तर्फ गहिरो खाडल प्रायजसो त्यहा इरिक्सा पल्टिरहेका हुन्छ्न त्यो माथी सवारी साधनको जाम जब जब जाम हुन्छ म सधै गाडीवाला गुरुजीलाई भन्छु गुरुजी यहाँ गाडी नरोकिदिनुस पैदल यात्री, साइकल यात्री अनि अटोरिक्सा स्कुटी बाईक नि हिढ्नु पर्छ अनि गुरुजी भन्छन ट्राफिक दाइले रोक्न पठाउनु भो ।

अनि म भन्छु सबैले हिढ्नु पर्छ बाटो सबैको हो अनि फेरि अलिक पर पुग्छु रिसाउदै सिठ्ठी फुग्दै गाडी रोकाउने ट्राफिक दाइलाई नि भन्छु ए दाई यहाँ दुर्घटना भए दोष कस्को ? तपाइँ को रहर होकि बाध्यता यो साघुरो बाटोमा गाडी रोक्ने हजुर त ट्राफिक यसरी गाडी रोक्न मनाहि गरेको ठाउमा गाडी रोक्दा कार्वाही गर्नु पर्ने हजुर ले उल्टै गाडी रोक्ने भन्दा हामिले भनेको मान्दैनन हामिलाई झुक्याएर गाडी रोक्छन भन्नुहुन्छ अब यस कुरामा जिम्मेवार को ? बाँके जिल्लाका बिभिन्न ठाउँमा पछिल्लो समय हरेक दिन दुर्घटना अनि मृत्यु हुने गरेको छ जसको कारण हरेक दिन जिल्ला तनावग्रस्त बन्दै गएको छ । यो चालु आर्थिक बर्षमा मात्र बाँके जिल्लाभित्र ५४ वटा सवारी दुर्घटनामा २४ जनाको ज्यान गएको छ अब यो सबको जिम्मेवारी कस्ले लिने ?

जिम्मेवारी निकायले बेलैमा समाधानका उपाय अपनाउन जरुरी छ र हामि पैदलयात्रु पनि आफैमा अनुशासित भएर ट्राफिक नियम पालना गर्नुपर्दछ। होइन भने दिनदिनै दुर्घटना हुनेछ अनि नेपालगन्ज कोहलपुर दिनदिनै तनावग्रस्त त्यसैले कसरी हुन्छ हामिले कोहलपुर नगरपालिका भित्र मात्र नभएर अन्य ठाउँमा नि दुर्घटना नहुन दिन बेलैमा सचेत रहौ कोहलपुर नगरपालिका भित्र जति ट्राफिक नियम लागु हुनु पर्ने हो त्यती नियम लागु भएको र सर्वसाधारणले पनि नियम लागु गरेको देखिदैन जसको कारण दिनदिनै दुर्घटना अनि घटना घटी रहेको छ अब यो सब नियम पालना गर्ने गराउने जिम्मेवारी कस्को सबै लाई चेतना दिउ सबै भन्दा बढी दुर्घटना ट्राफिक नियम जथाभावी उलंघन गर्दा हुन्छ त्यसैले म सधै बाटो मा हिड्दा ट्राफिक दाइलाई भन्ने गर्छु ए ट्राफिक दाई हजुरहरुले त ट्राफिक नियम सिकाउने अनि दुर्घटना रोक्न सक्दो सहयोग गर्ने अब तपाइले नै यसरी गाडी रोकेर साघुरो बाटोमा जाम गराएर पैदल यात्री र अरु साना गाडी हिढ्न नमिले पछि दुर्घटना घटे दोष कस्को ?

यहाँ त एकले अर्को लाई दोष दिदै ठिक्क छ तर दुर्घटना घट्न नदिनको लागी कुनै पहल कदम चालिएको देखिदैन जथाभावी गाडी पार्किङ , जेब्राक्रसिङ गरेको ठाउको मतलब नगरेरै हिढ्ने गाडी हाक्ने गर्दा दुर्घटना भैइरहने त्यसैले हामी सबै सचेत बनौ र बनाउ कोहलपुर नगरपालिका लाई दुर्घटना मुक्त नगरपालिका बनाउन यदि यो सब गर्न हामी सबैले पहल गरेउ भने आगामी दिनहरुमा कोहलपुर होस या चौराहको उकालो ओरालो मा हिड्दा गुरुजिले गाली खानु पर्दैन अनि मैले ट्राफिक दाईलाई सधै दुर्घटना घटे ए ट्राफिक दाई दोष कस्को ?भनिरहनु पर्दैन ।

Nabintech