८ जेष्ठ २०८१, मंगलवार
भेरी–बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन : अध्यक्ष ओली

  • टाइम्स संवाददाता

  • २० मंसिर २०८०, बुधबार ०६:४७

 बाँके:नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको छ। महाकाली–मेची अभियानका क्रममा मंगलबार बिहान उहाँ लगयतको टोलि भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्न त्यहाँ पुगेको हो।

उहाँले २०५१ सालमा मनमोहन अधिकारीको पालामा बबैइ सिचाई आयोजना भनेर दशौ हजार जनताको श्रमदान परिचालन गरेर बर्दिया सिचाइ आयोजना सुरु गरेको र त्यो आयोजना प्रयाप्त नभएको हुदा त्यसलाई भेरि बबैइ ड्राइभसन ५१ हजार हेक्टर जमिन सिचाइका लागि यो ड्राइभसन सुरु गरेको र त्यसैगरि ४६.८ मेगावाट जलविद्युत समेत आयोजना हुने मल्टिप्रपोज आयोजनाको रुपमा यसलाई अगाडि बढेको बताउनु भएको छ।

उहाँले आयोजनाको ट्रनेलको ब्रेक थ्रु पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदिशक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो। हाम्रा इन्जियिनर र हाम्रा काम गर्ने साथीहरु सबैको प्रयासबाट ट्रनेल ब्रेक थ्रु सयमा भयो। ३ वर्षअघि नै ट्रनेल ब्रेक थ्रु गरिएको हो। यो आयोजना कोभिड पनि ढिला गरेको हो तर त्यो भन्दा बढी हामि नेपालीको ढिलासुस्तीपनले काममा ढिलाइ भएको हुँदा अब यसलाई गति दिनुपर्ने बताउनुभयो ।

अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा सम्झौता गर्न नहुने बताउनुभयो। उहाँले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गर्नुभएको छ ।भेरी बबई डाइभर्सन हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ अब बाँकि कामलाई शिघ्र संचालन गरेर जनतालाई सिचाइको सुबिधा दिन ढिलाई गर्न नहुने बताउनुभयो।

Nabintech