८ जेष्ठ २०८१, मंगलवार
सल्यानमा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या

  • टाइम्स संवाददाता

  • २० मंसिर २०८०, बुधबार १४:००

सल्यान: सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका  ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीको धारिलो हतियार  (बन्चरो) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार बिहान डम्मर धारिलो हतियार  प्रयोग  गरि हत्या  गरेको  जिल्ला प्रहरी  कार्यालय  सल्यानका  सूचना अधिकारी भवानी  प्रसाद धमलाले जानकारी  दिनुभयो । उनलाई  ढोरचौर बजार नजिकैबाट  पक्राउ  गरिएको  उहाँको  भनाइ  छ । हत्याको कारण खुल्न नसकेको  प्रहरीले  जनाएको  छ ।

Nabintech