७ जेष्ठ २०८१, सोमबार
बांकेका सिमा स्तम्भहरुको आजबाट मर्मत संभार कार्य शुरु

  • टाइम्स संवाददाता

  • २० मंसिर २०८०, बुधबार १६:५५

नेपालगन्ज, बाके: बांके जिल्ला अन्तर्गत नेपाल पक्षले निर्माण,मर्मत संभार तथा पुनःस्थापन गर्नु पर्ने ७१ वटा बिजोर नंवरका सिमा स्तम्भहरुको आजबाट मर्मत संभार कार्य शुरु गरेको छ । आजको कार्यक्रममा बाकेका जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल ,  सशस्त्र प्रहरी बलका एसपी  , जिल्ला प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा  नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्टको उपस्थिति रहेको थियो ।

यस अघि नापी बिभागबाट मर्मत संभारको कार्य हुने गरेकोमा २०७७/४/१९ को क्याबिनेटको निर्णय अनुसार सो जिम्मेवारी शसस्त्र प्रहरी बल तर्फ सरेको हो ।  शसस्त्र प्रहरी बलको जिम्मेवारी क्षेत्रमा आए पछि नेपाल भरिमा नै सशस्त्र प्रहरी बलबाट पहिलो पल्ट मर्मत संभारको काम शुरु भएको हो ।

यसै अनुरुप बांके जिल्लामा नेपाल तर्फ बाट मर्मत संभार गर्नु पर्ने ७१ वटा पिलरको मर्मत कार्यको आज एक समारोहका बिच  कार्य शुरु भएको जनाएका छ्न ।

Nabintech