८ जेष्ठ २०८१, मंगलवार
नयाँ टिम आएदेखि बाँके प्रशासनले गरेका यी प्रशंसनिय काम, अझै गर्न बाँकी काम के के ?

यति मात्र हैन जिल्लामा विकास निर्माणमा हुने ढिला सुस्तीका अबस्थालाई चिर्न द्रुत एक्सनमा जानुपर्ने


  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार ०८:१९

 नेपालगञ्ज:नयाँ टिम आएदेखि बाँके प्रशासनले गरेका यी प्रशंसनिय काम, अझै गर्न बाँकी काम के के नेपालगञ्ज पश्चिम नेपालको ठुलो एतिहासिक शहर नेपालगञ्जमा थुप्रै बिकृति बिसंगति कार्य मध्य उपभोक्ता ठगीने पनि एउटा ठुलो समस्याको रुपमा रहदै खाएको छ ।

बजारमा उपलब्ध समानहरु मुल्य सूचि भन्दा बढी उपभोक्ताले हाल्नु पर्ने देखि कम गुणस्तरका समानहरु बाध्य भएर उपभोग गर्नुपर्ने बाध्यता रहदै आएकोमा स्थानिय प्रशासनले यस्तो अवस्था कम गर्न सम्वन्धीत निकायहरुको समन्वयमा बजार अनुगमन गरेर अन द स्पट कार्बाही गर्ने कार्य रणनिति अन्तरगत बिहिबार ३ वटा पानी उद्योगको नाममा कम गुणस्तरको पानी बजारमा बितरण गर्ने उद्योग बन्द गराएको छ ।

बिहिबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा जिल्ला अनुगमन समितिका केही सदस्यहरुको सहभागिता उक्त टिमले केही खानेपानी उत्पादन उद्योगहरुको अनुगमन गरेको छ ।

उपभोक्तालाई प्रत्यक्ष हानी गर्ने बिषयमा बिगतमा अनुगमन अघि नै सम्वन्धी ठाउंमा सूचना चुहिएर अनुगमनको खासै अर्थ नदेखिने गरेको बाँकेमा यस पटकको अनुगमन भने केही सुधार तथा कार्बाही हुने सम्भावनाहरु देखिएको छ ।

उक्त अनुगमनको क्रममा बाँके नेपालगञ्ज वडानम्बर ११ मा रहेको रारा प्रोसिंसिग ड्रिकिंग वाटर इन्डिस्ट्रिले उत्पादन गर्ने पानी र उद्योगको अनुगमन गर्दा, कम्पनीले अनुमतीपत्र पत्र समेत नलिएर पिउने भन्दै बजारमा सप्लार्य गर्ने गरेको, पानी उत्पादन गर्ने ठाउंमा न्यूनतम मापदण्ड अनुसार पनि सरसफाई नरहेको, पुराना जारहरुको प्रयोग गर्ने गरेको र बजारमा सप्लाई गर्ने पानी कुन गुणस्तरको सप्लार्य गर्ने गरेको थियो भन्ने बिषयमा पानीको मुल स्रोत र बजार सप्लाईका लागी तयार गरिएको पानी परिक्षणका लागी नमुना संकलन गरेर कार्बाही प्रक्रिया अगाढी बढाईएको छ ।

अनुगमनका संयोजक लाल बहादुर गुरुङको रिपोर्ट अनुसार उक्त कम्पनीलाई स्पट मै नगद २० हजार जरिवाना गरि कम्पनी सम्वन्धी निकायबाट मापदण्ड र गुणस्तर पुरा गरेर अनुमती लिई सञ्चालन गर्न निर्देशन समेत दिइएको छ ।

त्यसैगरि वाईके पानी उद्योगमा पनी अनुगमन गर्दा पानी उत्पादनको न्यूनतम मापदण्ड र गुणस्तर पुरा नगरेकोले उद्योग नै शिल गरेर काबाृही प्रक्रिया अगाढी बढाईएको छ जस्मा उक्त कम्पनीले प्रयोग गर्ने पानीको स्रोत र उत्पादित पानीको नमुना संकलन गरेर परिक्षण गर्न पठाईएको छ । त्यसको रिपोर्ट आएपछी थप कार्बाही प्रक्रिया अगाढी बढाउने बाँकेका श्रवण कुमार पोख्रेले आफुले हेण्डिल गर्ने फेसबुक मार्फत जनाउनु भएको छ ।

बिहिबार खानेपानीका उद्योग अनुगमन गर्ने क्रममा न्यु सगरमाथा पानी उद्योगलाई बिल बिजक बिना कारोवार गरेको पाईएकोले रु ५००० जरिवाना गरिएको र उत्पादन मा प्रयोग भएको पानी कच्चापदार्थ र उत्पादन भएको पानीको छुट्टा छुट्टै २ नमुना परिक्षणका लागि संकलन गरिएको छ।

कम्पनीले उत्पादन गर्ने पानीको नमुना परिक्षणका लागि संकलन गरिएको छ भने अनुमगन गरिएका पानी उद्योगले ह्याण्ड पम्पको पानी बिना प्रोसिसिंग बजारमा सप्लाई गरेको आशंकामा उक्त अनुगमन समितिले नेपालगञ्ज नगरक्षेत्र भित्रको आशंकित १ वटा ह्याण्ड पम्पको पानीको समेत नमुना संकलन गरि प्रयोगशाला परिक्षणको लागी पठाईएको छ ।

बाँके प्रशासनले गरेका केहि प्रशंसनिय कार्य के हुन त ?

-जाजरकोट भुकम्प पिडितहरुको उपचार तथा राहतमा समन्वयको भूमिका निभाएको छ ।
-बजार अनुगमनको क्रममा दुध जन्य पदार्थ उत्पादन तथा बिक्री बितरण कार्यको अनुगमन गरेको छ ।
-जिल्ला प्रशासनमा हुने गरेका केही कामहरु मध्य नागरिकता, राहदानी र राष्टिय परिचय पत्र लगायतका काममा नागरिह मैत्री सर्बशुलभ पार्ने काम गरिएको छ ।
बाँके प्रशासनले गोप्य सूचनाका लागी जारी क्यूआर कोड र सिधै प्रजिअलाई दिएको सूचनाको आधारमा ततकाल अनुगम गरेर गलत गर्नेलाई कार्बाही गर्ने रणनिति अनुसार कृर्षिसंग सम्वन्धीत केही एग्रोभेट पसलहरुमा समेत अनुगमन गरिएकोमा ति पसलहरुले उपभोक्ता हित हुने कामहरु म्याद गुज्रिएका बिउबिजन औषधी बिक्री गरिरहेकोले ति समानहरु नष्ट गर्दै सञ्चालकहरुलाई सचेतना काबाृही गरेको छ ।
-गृह मन्त्रालष्कै निर्देशनमा भारतसंग सिमानामा नेपालले बनाउनु पर्ने पक्की सिमा स्तम्भ निर्माणको लागी सहजीकरण गरेको छ ।
-बाँकेमा पटक–पटक हुने समस्यालार्य समाधान गर्न बालसुधार गृहका बन्दीहरुलाई नौवस्ता स्थित ब्यस्थित कारागारमा ब्यवस्थापन गरेको छ।
-नेपालगञ्ज कारागारमा मिलिजुली फोन एवम अन्य सेवा सुबिधाका नाममा हुने गलत काम र कैदीको सिधालाई समेत प्रादर्शि बनाउन कैदीलार्य सिधै सिधा खर्च दिने ब्यवस्था गरिएको छ ।
-नेपालगञ्जमा मनपरी इ–रिक्सा उत्पादन तथा बिक्री बितरणले ट्राफिक ब्यवस्थापनमा चुनौती थपिदै गएको परिबेशमा नेपालगञ्जमा स्थानिय निकाय नेपालञ्ज उप–महानगरको समन्वयमा अनुगमन तथा कार्बाही प्रक्रियामा बिधि बाहिरका रिक्साहरु नियन्त्रणमा लिएर प्रक्रियामा आउन सहजीकरण गरेको छ ।

बाँके आएको सुरु मै नेपालगञ्ज वडा कार्यालयका प्रहरी प्रमुख निरिक्षक हरि बिसिको टिम परिचालित गरेर बांकेको प्रहरी तथा प्रशासनको टिमले नेपालगञ्जमा सञ्चालित क्यासिनोहरुको अनुगमन गरेको भए पनि गैर कानुनी अर्थात क्यासिनो ऐन नियम र मापदण्ड बिपरित सञ्चालित भएर समयमा राजश्व समेत नतिरेका क्यासिनो बिन्दाश सञ्चालनमा छन ।

बाँकेबाट करोडौं राजश्व छली भईरहेको र बातावरण समेत प्रभाबित, प्रदुषण गर्दै मापदण्ड बिपरित सञ्चालन भईरहेका क्रसर उद्योगहरुको भने बाँकेको प्रशासनिक टिमले हाल सम्म अनुगमनमा ध्यान पुर्याउन सकेको छैन ।

अबैध रुपमा बाँकेका खोलाहरु दोहन गरि चलाईएका क्रसर उद्योगहरुलाई कानुन सम्बद्ध सञ्चालनमा ल्याउन पनि जिल्ला प्रशासनले अनुगमनलाई तिब्रता दिन जरुर रहेको छ । यति मात्र हैन जिल्लामा विकास निर्माणमा हुने ढिला सुस्तीका अबस्थालाई चिर्न द्रुत एक्सनमा जान सके सुनमा सुगन्ध हुने देखिन्छ ।

Nabintech