१ जेष्ठ २०८१, मंगलवार
रास्वपाले बितरण गर्यो बिस अपांगलाई न्यानो कपडा

  • टाइम्स संवाददाता

  • २३ मंसिर २०८०, शनिबार १५:०४

कोहलपुर : राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगरपालिका वडा नं. ४ कमिटिले वडा भित्र रहेका २० जना अपांग व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।

पार्टीको प्रत्येक शनिबार सामाजिक कार्य गर्नुपर्छ भन्ने मान्यताका साथ आज शनिबार मदनचोक, बेलनपुर र गोवा गाउमा रहेका अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो । वडा कार्यालयको तथ्यांकमा रहेका गरिब अपांगहरुलाई न्यानो कपडा वितरण गरिएको वडा नं. ४ का सभापति फारुक गुजरले बताउनु भयो ।

वितरण कार्यक्रमलाई प्रभाबकारी बनाउनकालागि पार्टीका नेता तथा कार्यकर्ताहरु अपांगता भएका ब्यक्तिहरुको घर–घरमा पुगेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका संगठन विभागका सचिव सिएम उपाध्यायले पाटी जनता सामु पार्टी सक्रिय छ भन्ने कुरा र आफ्नो पार्टी जनजिविकाका सवालमा उभिएर संगै हातो मालो गर्दै हिड्ने भएको हुदा यस्ता सामाजिका कार्यमा अघि बढेको बताउनु भयो । यस्तै उहाँले पार्टी पर्ति जनताको चासो भएका कारण पनि आफुहरु प्रत्येक शनिबार घर घरमा पुग्ने गरेको बताउनु भयो ।

यस्तै वितरण कार्यक्रमलाई आगामी दिनहरुमा अझै प्रभाबकारी र जनतामुखी कार्य गर्नका लागि पार्टी अग्रसर हुने पार्टीका क्षेत्र नं. १ का इन्चार्ज आनन्दबाबु काफ्लेले बताए ।
पार्टी पार्टीमा मात्र सिमिात नभई जनतासंगै हातेमालो गरेर हिड्नु पर्ने भएकाले आफुहरु प्रत्येक यो अभियान चलाएको पार्टीका कोहलपुर नगर वडा नं. ४ का सचिव तुलराज महतले बताउनु भयो ।
कपडा वितरण कार्यक्रममा पार्टीका प्रदेश, नगर र वडाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Nabintech