१ जेष्ठ २०८१, मंगलवार
तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • टाइम्स संवाददाता

  • २४ मंसिर २०८०, आईतवार ०९:१७

कोहलपुर,बाँके:पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा हुस्स/कुहिरो लागेको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ। त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ। देशका बाँकी भू-भागमा राति मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र तराई मधेशका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने र त्यसले तापक्रम केही गिरावट आउन सक्ने हुँदा चिसोबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको छ।

Nabintech