१२ श्रावण २०८१, शनिबार
बिद्यार्थीहरुलाई स्मार्ट बोडका माध्यमबाट अध्यापन गराउदै तक्षशिला एकेडेमी

  • टाइम्स संवाददाता

  • ३० मंसिर २०८०, शनिबार ०९:१७

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा क्षेत्रमा सन्चालनमा आएको तक्षशिला एकेडेमी बाँकेले बिद्यार्थीहरुलाई स्मार्ट बोडका माध्यमबाट अध्यापन गराउदै आएको छ । तक्षशिला एकेडेमी बाँकेमा अध्यायन गर्ने बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नदिएर उनीहरुलाई ब्यवहारीक ज्ञानमा बढि जोडदिदै आएको बिद्यालयले जानएको छ ।


तक्षशिला एकेडेमी बाँकेका संचालक समितीका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले उपत्यका बाहिरको सुबिधा सम्पन्न बिद्यालयको रुपमा स्थापित गर्दै लगिएको बताए । बिद्यालयमा कुन शिक्षक शिक्षकीकाले कसरी पढाइरहेका छन भने सिसिटिभी मार्फत मोनिटरिङ गरिदै आएको बताइएको छ । सुरक्षाको हिसाबले समेत यो सिसिटिभी प्रभाबकारी हुदै आएको बताइएको छ ।

स्मार्ट बोडका माध्यमबाट बिद्याथीहरुलाई पढाउदा चक र डस्टर प्रयोग नहुने हुदा शिक्षकहरुलाई समेत सजिलो हुनुका साथै धुलोबाट जोगिने हुदा स्वास्थ्यलाई समेत फाइदा भएको शिक्षकहरुको भनाइ रहेको छ ।

 


स्मार्ट बोडका माध्यमबाट बिद्यार्थीहरु खेल्दै सिक्दै रमाउदै पढने गर्दछन जसकारण बिद्यार्थीहरुले आफुले देखेको कुरालाई लामो समय सम्म स्मरण गर्न सक्ने हुदा यो निकै प्रभबकारी भएको शिक्षक किरण सुबेदीले बताए ।

तक्षशिला एकेडेमी बाँकेका बिद्यार्थीहरु बिभिन्न अरिक्ति क्रियाकलापमा रामो्र स्थान ल्याउदै आएका छ भने यता बिद्यालयको उपयुक्त खेलमैदान हुनुका साथै बिद्यालयमा बिद्यार्थीहरुलाई शुद्ध खानेपानीको ब्यवस्थापन गरिएको छ । बिद्यालयको सुबिधा सम्पन भवन र अभिभाबकहरुको लागी अभिभावक प्रतिक्षलयको समेत ब्यवस्था छ ।

बिद्यालयको प्रमुख बिशेषता भने प्रयोगात्मक सिपलाई जोड दिदै बिद्यार्थीहरुलाई नैतिकवान बनाउनु र शान्त बातावरणमा अध्ययन गराउनु नै पहिलो बिशेषता र भएको बिद्यालयले जनाएको छ । कोहलपुर क्षेत्रमा यो नमुना बिद्यालयको रुपमा स्थापित भएको छ । अहिले अभिभाबक र बिद्याथीहरुको पहिलो रोजाइ बन्न थालेको छ ।

हेर्नुहोस भिडियो

 

Nabintech