१८ बैशाख २०८१, मंगलवार
कर्णाली र सुदूरपश्चिममा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

देशभरिको तापक्रम घट्ने क्रममा


  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार ०६:४१

काठमाडौँ:हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव  रहेको छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार यतिबेला कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदलीको अवस्था छ।  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।
शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार राति कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने  कोशी, गण्डकी, कर्णाली र सदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

अहिले देशभरिको तापक्रम घट्ने क्रममा छ। तापक्रम घट्दा चिसो बढ्ने हुँदा त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Nabintech