१८ बैशाख २०८१, मंगलवार
रामजी खांडको ‘दामी देखिन्छ’  गितमा रमाए नेपालगन्जका दर्शक

भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने


  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार १८:५७

नेपालगन्ज :  नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक रामजी खांडको गीतमा नेपालगन्जका दर्शक रमाएका छन् । शनिवार नेपालगन्जको महोत्सवमा रामजीले गाउनुभएको चर्चित गीत टाढाको बाटो म घुम्दै आको मायालाई देखेर बोलको गित गाउंदा दर्शकहरु झन धेरै रमाएका हुन् ।

उहांले गाउभएको पानको पातछ है, मेरो मन त कता छ, तिमी तिर छ तिम्र आंखा लोभी रैछ, मन परेको मान्छेको त दिलमा लेखिन्छ, हल्का हल्का लाएको दामी देखिन्छ, मोहनी मन्तरले अमिलो रसैले सानु कि मायालो मोहनी मायाले बाधु कि मायालाई, जाम भन्यो लाहुरेले जामकी नजाम आमा, फुल फुलेर पयालै भयो , वनैमा फुल बसायो मायाले नबोली न बोली फसायो, एक एक जोडे दुई हुन्छ, छल छल पानी गाघ्रीमा लगायतका गीतहरु गाउदा दर्शकहरु चिच्याउदै हो हल्लाका साथ रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।

हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सबमा  दंगल कुस्ती

छैठौं नेपालगन्ज महोत्सबमा रोमाञ्चक खेल कुस्ती प्रतियोगिता सुरु भएपछि दर्शकहरुको आर्कषण बढेको छ । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए.जी. सर्भिस प्रा.लि. नेपालगन्जद्धारा आयोजित छैठौं नेपालगन्ज महोत्सबमा कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।

महोत्सवमा कुस्ती खेल प्रतियोगिता हुदा बेग्लै आनन्द बनाउने भएकाले दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता दर्शकको आकर्षण बढेको हो । कुस्ती खेलाडी अथार्थ पहलमानले एकअर्कालाई ढलाउदा दर्शकहरु निकै रमाएको देखिएका छन् । पहिलो पटक कुस्ती खेलको अवलोकन गर्न पाएका दर्शकहरु चिच्याउदै दंगल कुस्ती प्रतियोगितामा दर्शकहरु रमाएका हुन् । दंगल कुस्ती प्रतियोगितामा नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार नेपाल भारतको राजस्थान, पञ्जाब, हरियाणाका खेलाडीहरु रहने आयोजकले जनाएको छ ।

यसैगरि  नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक टंक तिमिल्सेनाको पुक पुक गाला बोलको चर्चित गीत नेपालगन्जका दर्शक जुर्मुर्याएका छन् । शनिवार नेपालगन्जको महोत्सवमा आएका टंकले गाएका चर्चित गीत कुवाको पानी घैलामा वनैको बाच्छो ओराली, राती राती नहिड हिड डिस्को पाटीमा झुन्डीएर मर्छुमा तम्रा घाटीमा, पैसा पैसा चिलिममा माया पिरीममा, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, कर्णाली, अछाम बाट म सुर्खेत आकोछु, लगायत बोलको गीतहरु गाउदा दर्शकहरु चिच्याउदै हो हल्लाका साथ रमाएका थिए ।

महोत्सवमा बालबालिका, युवा, बृद्ध सबै उमेरका दर्शकहरु रमाएको आयोजकले जनाएको छ । यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।

 

Nabintech