५ आश्विन २०८१, शनिबार
सार्वजनिक विदाका दिनमा खुल्ने कार्यालयहरु खुले नखुलेको प्रशासनद्धारा अनुगमन

सेवा संचालन नभएका अड्डाहरुमा सेवा संचालनको ब्यवस्था मिलाउन निर्देशन


  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार १९:५२

कोहलपुर,बाँके :नेपाल सरकारले प्रकाशित गरेको राजपत्र अनुसार सार्वजनिक सेवा प्रवाह संबन्धी विशेष ब्यवस्था बमोजिम तोकिएका कार्यालयहरुले तोकिएका केही सेवाहरु सार्वजनिक बिदाको दिन समेत प्रवाह गर्नुपर्ने नियम बमोजिम बाँकेमा आज सार्वजनिक बिदाका दिन ती कार्यालयहरुमा सेवा प्रवाह भए नभएको जिल्ला प्रशासन कार्यालय बाँकेले अनुगमण गरेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले कोहलपुर टाईम्सलाई बताएका छन ।

सार्वजनिक विदाका दिन सेवा प्रवाह गर्ने सरकारी अड्डाहरुमा मालपोत , नापी , यातायात , कर कार्यालय लगायतका थुप्रै कार्यालयहरुपर्ने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बाँके जिल्लामा आज कृसमस डे को बिदाका दिन पनि सेवा प्रवाह भैरहेको छ , छैन भनि अनुगमण गरिएको बताए ।

जिल्लाको एक नियामक निकायको हैसियतले प्रशासनले सहायक प्रजिअ लाल बहादुर गुरुङ र नासु बेदेस्वर गौतमको टोलिले निरिक्षणको क्रममा नापी कार्यालय कोहलपुर, यतायात कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय कोहलपुर, मालपोत कार्यालय नेपालगन्ज र नापी कार्यालय नेपालगंज लगाएतका अत्यावश्यक सेवा प्रदायक अड्डाहरुमा सेवा संचालन भएको पाईएको जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना जारी गर्दै उल्लेख गरेको छ ।

यसैगरि घरेलु तथा साना उद्योग, ईलाका प्रशासन कार्यालय कोहलपुरमा सेवा संचालन नभएकाले , सेवा संचालनको ब्यवस्था मिलाउन निर्देशन दिइएको समेत जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

Nabintech