८ मंसिर २०८१, शनिबार
किसानसँग पालिका प्रमुख कार्यक्रम: बाँके बैजनाथका किसानलाई हार्मेटिक(पिक्स) ब्याग बितरण

  • टाइम्स संवाददाता

  • २१ पुष २०८०, शनिबार १०:२४

 बैजनाथ,बाँके:बैजनाथ गाउँपालिकाको “किसानसँग पालिका प्रमुख “कार्यक्रम अन्तर्गत शनिबार किसानले उत्पादन गरेको रैथाने बिउ बिजन सुरक्षित राख्न हार्मेटिक (पिक्स) ब्याग बैजनाथ गाउँपालिका कृषि बिकाश शाखाद्वारा कृषकहरुलाई ब्याग बितरण गरिएको छ।

बैजनाथ गाउँपालिका आर्थिक बिकाश समिति संयोजक एवं ४ वडा अध्यक्ष प्रेम बहादुर शाही प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादव बन तथा वातावरण समिति संयोजक फरुदिन हलवाई कृषि बिकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा लगाएत स्थानीय कृषकहरुको उपस्थितिमा हार्मेटिक ब्याग बैजनाथका कुल ४४ ब्यवसायीक कृषि फर्म र ५७ कृषक समुहलाई तिनपत्रे बिषादी रहित ब्याग हस्तान्तरण गरीएको थियो।

यस ब्यागको प्रयोगले पौस्टिक तत्वहरुलाई कायम राख्न मद्वत गर्छ । एउटा ब्यागमा ७० के जि बिउ बिजन राख्न सकिने छ। ब्याग बितरणको उदेश्य उत्पादन पश्चात बिउ बिजन सुरक्षीत राख्न भण्डारण सुरक्षीत राख्नुपर्ने भएकोलेकृषि उत्पादन सुरक्षीत राख्न स्थानीय कृषि बिकाश शाखाको सहयोगमा ४-५ बर्ष सम्म आयु रहेको बिउ भण्डार गर्न मिल्ने तिनपत्रे ब्यागमा खाद्यान्न लामो समय सम्म सुरक्षीत राख्ने सकिने भएकोले “किसानसँग पालिका प्रमुख” कार्यक्रम अन्तर्गत ब्याग बितरण गरिएको हो।

गाउँपालिकामा गत बर्ष यो तीनपत्रे हार्मेटिक(पिक्स)ब्याग कृषि सहकारी मार्फत किसानहरूलाई प्रदान गरेर बिउ बिजन भण्डारण सुरक्षीत सम्बन्धि परिक्षण गरीएको थियो।परिक्षणमा तीनपत्रे ब्यागमा राखिएको बिउ र साधारण ब्यागमा राखिएको बिउ परिक्षण गर्दा ३०% प्रतिशत बिउ नोक्सान भएको थियो।तीनपत्रे ब्यागमा भण्डारण गरेको बिउ १००% सतप्रतीशत सुरक्षीत भएकोले यो ब्याग बितरण गरिएको कृषि शाखा प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

Nabintech