८ मंसिर २०८१, शनिबार
कृषि अनुसन्धान केन्द्रमा आगलागी हुँदा ६२ वटा बाख्रा मरे

  • टाइम्स संवाददाता

  • २५ पुष २०८०, बुधबार ११:५७

जानकी,बाँके: बाँकेको जानकीमा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरेका छन् ।विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो । आज बुधवारविहान तीन बजे आगलागी हुँदा ६२ वटा बाख्रा मरेका हुन ।

बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा थिए त्यसमध्येमा २८ वटा ठूला र ३४ वटा पाठापाठीको मृत्यु भएको छ भने २१ वटा बाख्रालाई उद्धार गरिएको छ । स्थानीयवासी र त्यहाँका कर्मचारीले विहान ६ बजे आगो निभाएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी डीएसपी नारायण डाँगीले बताएका छन ।

Nabintech