१६ बैशाख २०८१, आईतवार
ज्ञान र आस्थाको भिडन्तपछि बक पत्रको जटिल शल्यक्रिया

बिद्रोहिहरुको सकारात्मक र नकरात्मक कुराहरु बक पत्रले बोल्ने ल्याकत राखेको छ


  • प्रमोद रिजाल

  • २७ पुष २०८०, शुक्रबार १७:२९

कोहलपुर,बाँके: पत्रकार,सहित्यकार तथा लेखक नरेन्द्र जङग पिटरको बक पत्रमाथि जटिल शल्यक्रिया गरिएको छ । ज्ञान र आस्थाको भिडन्तसंगै पिटरको बक पत्रको जटिल शल्यक्रिया गरिएको छ ।ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सभाकक्षमा श्रष्टाहरुको अदालत समक्ष बक पत्रलाई डा. जर्नादन आचार्य र सनत रेग्मीको ईजलासले बहस गर्दै चिरफार गरेको हो ।

जर्नादन आचार्यको ईजलासले बक पत्रलाई असफलताको कथा भन्दै फैसला गरयो भने सनत रेग्मीको ईजलासले पिटरको आफनो जिवनसंगको सार नै बक पत्र भएको फैसला गरयो। दुवै फैसलाहरु बाझिएपछि हेर्दा हेर्दैको समयको सदुपयोग गर्दै प्रस्तुतकर्ता खोपिराम वलीले रुष्टाहरुमाझ मुद्धा मुल्तवीमा राखेका थिए ।

कठघरमा उभिएर बक पत्र बारे बयान दिंदै बक पत्रका लेखक पिटरले क्रान्ति कहिल्यै अन्त्य नहुने तर पुस्तान्तरन हुने भन्दै चिहानघाटमा गएर ईतिहास मेटिन्न बरु अघि बढ्नेमा दलिल पेश गरे । मलाई ठक्करको दर्शन सिकाएकोमा म धन्य छु, धन्यवाद जिन्दगी ! दर्गुन नसिकाएपनि हिड्न त सिकाईस उनले आफनो अपराध स्विकार्दै भने । दृष्टि अनुसारको दृष्य हुन्छ यहि नै बक पत्र हो । ज्ञान र आस्थाको भिडन्तले यो बक पत्रका पाठकले मेरो पारपाचुके भएको आँकलन सम्म गरे साँक्षि मैले मेरी श्रीमती ल्याएको छु श्रीमान ईजलासमा भाबुक हुदै उनले बयान दिई रहे निरन्तर निरन्तर ।

बहसकै क्रममा पुर्व प्रज्ञा प्रतिष्ठानका सदस्य सनत रेग्मीले त्यो जनयुद्ध कुन अदृष्य शक्तिले चलाएको थियो ? टाउको काट्न आदेश दिने र काटि माग्न तयार रहेकाहरु १२ बुँदको संगममा कसले ल्यायो ? दुवैले कसरी सहमती जनाए जस्ता प्रश्न गर्दै त्यो कुन शक्ति थियो बक पत्रमा स्पष्ट छैन भन्ने दलिल पेश गरे । उनले पार्टिमा कसरी बिचलन आयो भन्ने कुरालाई भने बक पत्रले विम्वित गरेको उल्लेख गरे ।

अर्का बहसकर्ता डा. जर्नाादन आचार्यले तत्कालिन बिद्रोहिहरुको सकारात्मक र नकरात्मक कुराहरु बक पत्रले बोल्ने ल्याकत राखेको भन्दै ज्ञान र आस्थाको भिडन्तको कसिमा त्यो बेलाका सहकर्मि सहयोद्धाहरुको बेलिविस्तार र पिटरले देखाएको अलिखित शाहसको खुलेरै प्रशंसा गरे ।
मलाई लाग्थ्यो यति सानो देशमा किन नेतृत्वलाई प्रहरीले समाउन सक्दैन ! किन बिदेश नियोगका गाडिहरु निर्धक्क कुदछन नेपाली छातिमा ! आज बक पत्रले छर्लङग पारेको छ, चाहना अरुको रहेछ बहाना अरुको रहेछ फगतको त्यो जनयुद्ध आचार्यले बहस टुङ्ग्याउदै भने ।

मध्यस्तता गरिरहेको खोपिरामले बहस चर्काउदै प्रश्न थपे के हो यो बक पत्र ?  जिवन, दर्शन र संघर्ष भनिएको छ ! भन्नेमा तर्क पेश गर्दै रेग्मीले जुन चेतना ल्यायौं भन्छौ त्यो चेतना कहाँ छ ? जुन ब्यबस्थाका लागि लड्यौ भन्छौ तिमिहरु नै निराश भएर विदेश जाँदैछौ । बुढाहरुको देश बनाएर तिमिले के ल्यायौ ? देशको चिन्ता अव कुन कन्तुरमा राखेर बिदेशका कोठि र साहुका दर्वानामा सिट्टी फुक्दैछौ हे योद्धा हो तिमी कहा छौ अहिले राष्ट्रिय चिन्तन छैन अव चिन्तन नै गर्ने हो भने सबै दलहरुको उउटै दृष्टिकोण हुनुपर्दछ देश रहे हाी रहनेछौं । संवेगमा बहस चलिरहन्छ निरन्तर निरन्तर

यो बहस कुनै अड्डा अदालतको हैन लेखक नरेन्द्र जङग पिटरद्धारा लिखित बक पत्रमाथिको साहित्यिक जमघटको चिरफार मात्र हो । बक पत्रमा जिवन ,जगत, शक्ति, सत्ता र आस्था एबं विचलनका कथाहरुको संगमलाई आज ज्ञानोदय पुस्तकालयले चिरफार गर्ने चाँजोपाँजो मिलाएको मात्र हो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा भएको एक कार्यक्रममा बक पत्रमाथि चिरफार गर्न प्राज्ञ सदस्य महानन्द ढकाल, लेखक सागर गैरे , प्राध्यापक शशिराम कार्कि समेत ईजलासमा उपस्थित भएका थिए ।
कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, कोहलपुर वडा नं. ११ का पुर्व अध्यक्ष कर्ण बहादुर थापा, कथाकार सुमित्रा न्यौपाने, अन्जु न्यौपाने लगाएत ४/५ दर्जन बढि साहित्यिक श्रष्टाहरुले बहसको भरपुर मजा लिएका थिए ।

पुस्तकालयका उपाध्यक्ष मणि गैरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव एकराज शर्माले गरेका थिए भने बक पत्रको मुख्य प्रस्तोताको भुमिकामा पुर्णिमा साहित्य प्रतिष्ठानका सह सचिव खोपिराम वलि देखिएका थिए ।

Nabintech