२६ बैशाख २०८१, बुधबार
१४ वर्षीया किशोरी बलात्कार प्रकरण : नगरप्रहरीसहित ५ आरोपी पक्राउ

किशोरीको पेटमा १८ हप्ते गर्भ


  • टाइम्स संवाददाता

  • २ माघ २०८०, मंगलवार १२:०१

मुगु: १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ५ जना पक्राउ गरेको छ । छायाँनाथ रारा नगरपालिका घर भइ गमगढीमा बस्दै आएकी १४ वर्षीया किशोरी माथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले जानकारी दिए ।

बलात्कार आरोप लागेका नगरपालिका-५ कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीया बसन्त रोकायालगायत १४ वर्षमुनिका ३ जनालाई पक्राउ गरेर ५ दिन म्थाद थपेर अनुसन्धान कार्य अघि बढाइएको सूचना अधिकारीको भनाइ छ ।

आरोपित कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायतसहित अन्य तीन जना फरार छन् । किशोरीको पेटमा १८ हप्ते गर्भ रहेको खुलेको छ । किशोरीको स्वास्थ्य बिग्रिन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थिए । उनलाई अस्पतालमा उपचार नहुने अवस्था आएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ ।

पीडित किशोरीले दिएको जाहेरीअनुसार गत असोज १० गते नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एक छिन काम छ भन्दै बाहिर बोलाएका थिए । डेरा बाहिर बोलाएर कृषि विकास कार्यालय भवनमा नगर प्रहरी कार्की र पदमबहादुर कठायतले करणी गरेको किशोरीको भनाइ छ ।

Nabintech