२१ बैशाख २०८१, शुक्रबार
पूर्वपश्चिम यातायात सेवा प्रालिद्वारा सोफासेट सहितको बस सञ्चालन

  • टाइम्स संवाददाता

  • ५ माघ २०८०, शुक्रबार १८:२१

कोहलपुर : नेपालगञ्जबाट काठमाण्डौसम्मको आरामदायी यात्राको लागिकोहलपुरमा रहेको पूर्वपश्चिम यातायात सेवा प्रालिले आत्याधुनिक सुविधा सम्पन्न सोफासेटको सिटजडान गरिएको ग्रेटरनेपाल यात्रुबाहक रात्रीबस सञ्चालनमा ल्याएको छ । बस सेवाको औपचारिक रुपमा प्रालिका अध्यक्ष गणेश प्रासद भुषाल र सार्वजनिक यातायात महसंघका केन्द्रीय सदस्य दिपक शर्माले रिवन काटेर सुरुवात गर्नुभएको थियो 

 

यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राको लागि आधुनिक सोफा सिट रखिएको ३७ सिटको बसमा यात्रा गर्ने यात्रुको सु्रक्षाको लागि सिसिटिभी क्यामेरा, एसि, हिटर, मोबाईल चार्ज गर्ने प्वाईन्ट, एयरसस्पन्सरको सुविधा भएको ग्रेटर नेपाल बसको टिकट नेपालगञ्ज बसपार्क, कोहलपुर बसपार्कमा पाईने र काठमाण्डौको गोगम्बु बसपार्कमा टिकट पाईने व्यवस्था मिलाईएको प्रालिका अध्यक्ष तथा सञ्चालक भुषालले जानकारी दिनुभयो । सेवा बारे जानकारी दिदै उहाँले नेपालगञ्जदेखि काठमाण्डौसम्मको लामो यात्रलाई सहज र सुविधायुक्त बनाउने आफुहरुको लक्ष अनुरुप सुबिधासम्पन्न बस सेवा सञ्चालनमा ल्याईएको बताउनु भयो ।

 

यात्रुको सुविधामा आएका सुझावलाई मनन गरेर बस सेवा सञ्चलनमा ल्याउने भएकोले आफ्नो कम्पनीले सञ्चालन गरेका बस सेवा लिएर सुझाव दिन आग्रह समेत गर्नुभयो ।

Nabintech