२३ बैशाख २०८१, आईतवार
विज्ञान शिक्षक समाज कोहलपुरको अध्यक्षमा राना

  • टाइम्स संवाददाता

  • ६ माघ २०८०, शनिबार १५:३८

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा नगर स्तरिय विज्ञान शिक्षक समाज कोहलपुर गठन गरिएको छ । जस्को अध्यक्षमा सिद्धार्थ मावि रझेनाकी प्रधानाध्यापक रञ्जना राना चयन भएकी छिन । यसैगरि विज्ञान समाजको उपाध्यक्षमा ग्रिन पिस मावि चप्परगौडीका तपेन्द्र प्रसाद खनाल,सचिवमा त्रिभुवन मावि कोहलपुरका सरोज वावु पंगेनि,सह सचिवमा कृष्ण मावि कौशिलानगरका घनश्याम जिसि, कोषाध्यक्षमा वाल शिक्षा मावि भरैयाका मदन भण्डारी र अन्य सदस्यहरुमा जनकराज उपाध्याय लक्ष्मि मावि बर्दहवा, आशिष वि.क. जनचेतना आवि गोहवा, गिरिराज न्यौपाने सरस्वती माबि पिपिरी,पारस डंगेल जनज्योती आवि झण्डहवा, अमित चौधरी राम मावि हवलदारपुर, बरुण कुमार यादव नेराआवि चौधरीया,राम कृष्ण यादव शिवशक्ति आवि प्रेमनगर,कमलापति पराजुलि नेरामावि खडकवार र सविता लम्साल ज्ञान ज्याती माबि चप्परगैंडि रहेका छन ।

आज त्रिभुवन माविमा बसेको बिज्ञान शिक्षकहरुको भेलाले बिज्ञान शिक्षक समाज कोहलपुर गठन गरेको हो । समाजले विज्ञान बिषयलाई संस्थागत गर्दै शिक्षा क्षेत्रमा नयाँ आयाम थप्न विश्वास गरिएको छ ।

Nabintech