६ जेष्ठ २०८१, आईतवार
कोहलपुर नगरपालिका वडा नं २ले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा कम्बल बितरण गरयो

  • टाइम्स संवाददाता

  • ६ माघ २०८०, शनिबार १६:०४

कोहलपुर:   बाक्लो हुस्सु र शीतलहरका कारण बाँकेको कोहलपुर क्षेत्रको जनजीवन कष्ठकर बन्दै गइरहेको बेला जाडोबाट बचाउनको लागी बिपन्न र जेष्ठ नागरिकहरुलाई कोहलपुर नगरपालिका वडा न २ को वडा कार्यालयले न्यानो कपडा कम्बल बितरण गरेको छ । गत एक साता देखि कोहलपुरमा लाग्दै आएको बाक्लो हुस्सु शीतलहरका करण यहाको जनजीवन कष्ठकर हुदै आएको छ अति आबश्यक काम बहायक सडकहरुमा मानिसहरुको आवतजावत घटदै गएको छ जेष्ठ नागरिकहरुलाई जाडोबाट जोगाउन र केही राहत होस भन्ने उदेश्यले कोहलपुर नगरपालिका वडा न २ को बिकास बजेटलाइ कटाएर जेष्ठ नागरिकहरुलाई न्यानो कपडा कम्बल बितरण गरेको कोहलपुर नगरपालिका वडा न२ का वडा अध्यक्ष हरि कठायत बताउछन । चोक चोक दाउरा बितरण गर्दा प्रभाबकारी नदेखिएकोले कम्बल बितरण गरिएको वडा अध्यक्ष कडायतको भनाइ रहेको छ ।

७५ बर्ष माथिका जेष्ठ नागरिकहरु शीतलहर बाट प्रभाबित हुने भएकोले जेष्ठ नागरिकहरुलाई घर भित्रै बस्न वडा कार्यालयले आग्रह समेत गरेको छ छोरा छोरीले समेत जेष्ठ नागरिकहरुलाई नहेरेको अबस्थामा वडाबाट कम्बल पाउदा खुसी भएको कोहलपुर नगरपालिका वडा न २ का मित्रलाल खडकाले बताए । जाडो बढिरहेको हुदा यो समयमा जेष्ठ नागरिकहरुले तातो र झोलिलो खानेकुरा बढि खानु पर्ने बिज्ञहरुले बताउदै आएका छन । कोहलपुर नगरपालिकाको वडा न २ को कार्यालयले आफना वडाका जेष्ठ नागरिहरुलाई स्वास्थ्यमा ध्यान  आग्रह गरेको छ । स्वास्थ्यमा कुनै समस्या भए तत्कालै वडाका जनप्रतिनिधीहरुलाई खबर गर्न समेत आग्रह गरेको छ ।

कोहलपुर नगरपालिकाको वडा न २ मा रहेका १० वटा टोलहरुका १५५ जना जेष्ठ नागरिहरुलाई वडा वडा अध्यक्ष वडा सदस्य टोलटोलमा पुगेर जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेका छन ।

Nabintech