२१ बैशाख २०८१, शुक्रबार
नरैनापुरमा आज सार्वजनिक विदा

सोनबर्शादेखि राप्तीसोनारी ७ हुँदै वडा नम्बर १ कटकुइयासम्म शोभायात्रा हुँदै


  • टाइम्स संवाददाता

  • ७ माघ २०८०, आईतवार ०८:०५

नरैनापुर,बाँके: बाँकेको नरैनापुर गाउँपालिकाले आज आइतबार सार्वजनिक बिदा दिएको छ । भारतको अध्योयामा सोमबार नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको अवसर पारेर नरैनापुरमा अघिल्लो दिन आज आइतबार शोभा यात्रा हुने भएकाले पालिकाले सार्वजनिक बिदा दिएको हो ।

विश्व हिन्दु परिषद्को आयोजनामा आइतबार नरैनापुर ६ सोनबर्शादेखि राप्तीसोनारी ७ हुँदै वडा नम्बर १ कटकुइयासम्म शोभायात्रा हुँदैछ । यस अवसरमा पालिकाका अत्यावश्यकबाहेक गाउँपालिकाको कार्यालय र मातहतका सबै निकायमा सार्वजनिक बिदा दिइएको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले जनाइन् ।

साथै आइतबार र सोमबार पालिका भरि कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको बिक्रीवितरणमा रोक लगाइएको छ । अध्योयामा नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका पूर्व सन्ध्यामा राम आस्थावानहरुले नेपालगन्जका विभिन्न क्षेत्रमा शोभा यात्रा निकालेका छन् । नेपालगन्ज नाका हुँदै नेपाली भक्तजनहरु पनि अध्योया जाने भएकाले सीमामा थप सजगता अपनाइएको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज नवीन रिजालले जनाए ।

Nabintech