२४ बैशाख २०८१, सोमबार
विज्ञान शिक्षक समाज नेपालको बाँके जिल्ला अध्यक्षमा धिताल सर्वसम्मत

  • टाइम्स संवाददाता

  • ७ माघ २०८०, आईतवार ०८:३७

कोहलपुर,बाँके:विज्ञान शिक्षक समाज नेपाल (स्टान)को बाँके जिल्ला कार्यसमितिको अध्यक्षमा श्री नारायण माध्यमिक विद्यालय, नेपालगन्जका यमनारायण धिताल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

विज्ञान शिक्षक समाज नेपाल (स्टान) बाँके संयोजक धनबहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि स्टान लुम्बिनी प्रदेश संयोजक तथा स्टान केन्द्रीय सदस्य यमनाथ पौडेल रहेका थिए ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी मावि वर्दहवा कोहलपुरका राजन कँडेल, सचिवमा श्री नेपाल राष्ट्रिय मावि नौबस्ता–३ बैजनाथका बासु गिरी, सह–सचिवमा श्री जनता नमुना माध्यमिक विद्यालय खजुराका मोहन बस्नेत क्षेत्री र कोषाध्यक्षमा श्री ज्ञानदीप मावि डुडुवाका रमेश अधिकारी चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय राप्ती सोनारीकी सुशीला केसी, श्री रारा आधारभूत विद्यालय बैजनाथका कृष्णकुमार शाही, पशुपति मावि खजुराका राजु पौडेल, श्री डाइनामिक इङ्ग्लिस मिडियम स्कुल, बैजनाथका नवराज गैरे र श्री जनज्ञानज्योति मावि कोहलपुरका सुजन रोकाय निर्वाचित भएका छन् ।

Nabintech