२४ बैशाख २०८१, सोमबार
त्रिभुवन विमानस्थलबाट सुनसहित १ जना पक्राउ

  • टाइम्स संवाददाता

  • ७ माघ २०८०, आईतवार १५:१९

काठमाडौँ  :  त्रिभुवन विमानस्थलबाट सुन सहित एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको ४९९ ग्राम सुनसहित झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए । विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले बताए । बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

 

Nabintech