७ जेष्ठ २०८१, सोमबार
राष्ट्रियसभा निर्वाचनका लागि राती १२ बजेदेखि मौन अवधि लागू

उम्मेदवारको पक्ष र विपक्षमा प्रचारमा रोक


  • टाइम्स संवाददाता

  • ८ माघ २०८०, सोमबार १९:०९

काठमान्डौ   : माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । मध्यरातदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले चुनाव प्रसार÷प्रसार गर्न र मतदातालाई प्रभावित बनाउन नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सो अबधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन र प्रचारप्रसार गर्न पाइनेछैन ।

 

 

मौन अवधिभर कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि पनि रोक लगाइएको छ । १९ सीटमा हुने निर्वाचनमा उम्मेदवारी दर्तापछि दलका नेताहरूलाई प्रचारका लागि आजसम्मको समय दिइएको छ । निर्वाचनमा ५१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन ।

Nabintech