७ जेष्ठ २०८१, सोमबार
नगरपालिकाको अनुगमन तिब्र कोहलपुर १२ चपरगौडिमा म्याद गुज्रिएका खाद्य बस्तु धेरै भटिए

उपभोग्ता सचेत रहन उपभोग्ता हित संरक्षण मन्च कोहलपुरको आग्रह


  • टाइम्स संवाददाता

  • ९ माघ २०८०, मंगलवार १७:३४

कोहलपुर  :  कोहलपुर नगर पालिका बजार अनुगमन समिती र सरोकार पक्षद्वारा आज कोहलपुर बजार अनुगमन भएको छ।कोहलपुरको चपरगौडी क्षेत्रमा व्यापक अनुगमन गरिएको बजार अनुगमन समिती संयोजक अग्नि प्रसाद आचार्यले बताउनु भयो। अनुगमनका क्रममा किराना, खाद्य पसलबाट ठेलो मात्रामा दैनिक उपभोगमा आउने बस्तुहरु बरमद गरिएको उपभोक्ता हित संरक्षण मन्च  कोहलपुरका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताए   करिब २५ हजार बराबरको अखाद्य बस्तु नियन्त्रणमा लिइ नस्ट गरिएको  छ  ।


चपरगौडि बजारमा म्याद सकिएका खाद्य बस्तु धेरै मात्रमा बजार अनुगमनका क्रममा भेटिएकाले उपभोग्ताहरुले समेत बस्तुहरु खरिद गर्दा म्याद सकिएको छ छैन भन्नेबारेमा हेरेर किन्नको लागी अनुगमन गरिएको बजार अनुगमन समिती संयोजक अग्नि प्रसाद आचार्यले बताले बताए चपरगौडिका बिभिन्न पसलहरुबाट ५ किलो ध्युलाई बिक्रि कक्षबाट हटाउन निर्देशन दिनुका साथै आगामी दिनमा लेबल बिना बिक्रि बितरण गरिएको पाइएमा कारबाही गरिने कोहलपुर नगरपालिकाको उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले कोहलपुर टाइम्सलाई बताए ।    बरामद गरिएको बस्तुहरुलाई आजै नस्ट गरिएको छ

 

बिभिन्न नास्तापसलहरुलाई सरसफाइमा ध्यान दिन , मिठाइमा र सरसफाइमा कम रङ प्रयोग गर्न निर्देशन समेत अनुगमन समितीले दिएको छ । अनुगमन समितीले बिभिन्न पसलबाट १६ लिटर भन्दा बढि पेय पदार्थसमेत नस्ट गरेको छ
अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयकि प्रतिनिधि प्रतीक्षा पण्डित , पत्रकार हुमहरी भट्टराई , डिल्ली शाही र पबित्रा ढकाल लगाएतको सहभागिता रहेको थियो।

 


पसलहरुमा सचेत गराउने लगाएतका जानकारी समेत दिएको थियो। कोहलपुर मा उपभोक्ता हित संरक्षण मन्चको गठन पछि अनुगमनले तीव्रता पाएको जनाइएको छ।

 

 

Nabintech