२२ बैशाख २०८१, शनिबार
कोहलपुरको सुन्दरबस्तीमा श्रृङगारिक महाआरती धर्म जागरण महा–महोत्सव हुने

  • टाइम्स संवाददाता

  • ९ माघ २०८०, मंगलवार १७:३८

कोहलपुर  :  कोहलपुरको सुन्दरबस्तीमा श्रृङगारिक महाआरती धर्म जागरण महा–महोत्सव हुने भएको छ । माघ १२ देखी कोहलपुर नगरपालिका वडा नं १२ सुन्दरबस्ती ९शिवनगर० मा सन्चालन गर्न लागिएको हो ।
कोहलपुर नगरपालिका वडा न। १२ सुन्दरवस्तीमा अवस्थित शिव मन्दिर परिसरमा शिव मन्दिरको सर्वाङ्गीण विकासका लागी सञ्चालन हुन गईरहेको महा–महोत्सव २०८० माघ १२ देखि १९ गते सम्म सञ्चालनमा आउने भएको छ। शिव मन्दिरलाई धार्मीक स्थलको रुपमा स्थापित गर्नुका साथै यसै मन्दिरबाट सुन्दरवस्तीको पहिचानका लागी र बाहिरबाट श्रद्धालुभक्तजनहरु आउने वातावरण बनाउनका लागी महा–महोत्सवको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गे जैसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन ।


शिव मन्दिर स्थापना भएको निकै लामो समय हुदा सम्म पनि मर्मत सम्भार नहुदा मन्दीर ओझेलमा परेकोले यसको प्रचार प्रसारका लागी पनि महा–महोत्सव आयोजना गर्नुपर्ने आवश्यकता रहेको जैसिले बताएका हुन् । उक्त मन्दिरलाई स्थापना गर्नका लागी स्थानिय सरकारले दुई पटक गरि ४ लाख रकम सहयोग गरेको र देउसी भैलोबाट संकलन भएको रकम पनि यसैमा खर्च गरेको आयोजकले बताएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै श्रृङ्गारिक महाआरती धर्मजागरण महामहोत्सव सप्ताह कार्यक्रम सञ्चालन गर्न अनुमानित खर्च लागत रु ६ लाख ५० हजार हुने र महा महोत्सव सप्ताह कार्यक्रमबाट अनुमानित आम्दानी ८ देखि १० लाख सम्म हुने मूल आयोजक समारोह समितिका सचिव निरक बहादुर शाहीले बताएका छन् ।

महा महोत्सव २०८० का दैनिकी कार्यक्रमहरू शोभा कलश यात्रा माघ १२ गते बिहान १० बजे आरम्भ तथा दिउँसो १ बजे उक्त कार्यक्रमको उद्घाटन हुने छ । सोही अनुसार दैनिक प्रवचन भजन कीर्तन तथा झाँकि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएको छ । शिव प्रसिद्ध शृङ्गारिक महा आरती साँझ ७ बजेदेखि ८ बजे र रात्रिकालीन प्रवचन भजन कीर्तन झाकि साँझ ८ बजेदेखि १० बजेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।  १२ गतेबाट संञ्चालनमा आउने महा–महोत्सवको लगभग तयारी पुरा भएको छ ।

 

Nabintech