६ जेष्ठ २०८१, आईतवार
नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने

  • टाइम्स संवाददाता

  • ९ माघ २०८०, मंगलवार १९:२२

काठमान्डौ   : नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दुतावास र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेण्ट संस्थाले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन् । खानी तथा भूगर्भ विभागले एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजालाई औद्योगिक उत्पादनको परीक्षण गरेर मात्र व्यवसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने जनाएको छ ।

अध्ययन परियोजनाले नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरि गर्न सकिन्छ ? भन्नेबारे प्राविधिक परीक्षण गर्नेछ । अध्ययनको क्रममा नेपालमा भएको रातो वा कमेरो माटो प्रयोग गरेर क्लिंकरलाई पचास प्रतिशत क्लिंकर अरु तीस प्रतिशत क्ले राखेर र यसलाई क्याल्साइन बनाएर नयाँ मिश्रण बनाइने बताइएको छ । फेरि यसमा जिप्सम मिसाएर र अरु १५ प्रतिशत लोग्रेट ल्यामुसनलाई मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने बताइएको छ । यसलाई नै एलसी थ्री सिमेन्ट भनिने विभागले जनाएको छ । यो अध्ययनले नेपालको माटो र क्लिन्करको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने छ ।

Nabintech