२३ बैशाख २०८१, आईतवार
नागढुंगा सुरुङमार्ग: डेढ महिनामा ‘ब्रेक थ्रु’

५३.१ प्रतिशत मात्रै लाइनिङको काम बाँकी


  • टाइम्स संवाददाता

  • ९ माघ २०८०, मंगलवार १९:५२

काठमाडौँ: नागढुंगा सुरुङमार्गको ९९ प्रतिशत काम सकिएको छ। नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार अब १ प्रतिशत मात्रै सुरुङ खन्न बाँकी रहेको हो।  कुल २६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गमा २६ सय २२.४ मिटर खनिएको छ। अब सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ५४.६ मिटर मात्रै बाँकी रहेको छ।
आयोजनाले आकस्मिक सुरुङमार्ग गत भदौमै ‘ब्रेक थ्रु’ गरेको थियो। अबको डेढ महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने तयारी गरेको छ। सुरुङमार्ग खन्नेकाम धमाधम भएपनि कंक्रिट लाइनिङको काम बाँकी छ। हालसम्म ५३.१ प्रतिशत मात्रै लाइनिङको काम बाँकी रहेको छ। उक्त काम सकाउन अझै १ वर्ष लाग्ने आयोजनाले उल्लेख गरेको छ।

अन्डरपास, बाक्स कल्र्भट, ओभरपास र पुल बनाएपनि फ्लाई ओभरको काम अझै बाँकी छ। फ्लाई ओभरको लागि ५ वटा फाउन्डेसनमध्ये ३ वटा सकिएका छन्। ५ प्रतिशत जग्गा अधिग्रहण नै गर्न सकेको छैन।  डेप्युटी प्रोजेक्ट डाइरेक्टर गोविन्द डुमारुले आयोजनाको कुल भौतिक प्रगति ६९.१५ प्रतिशत भएको छ भने वित्तिय खर्च ६४ प्रतिशत भएको छ।

Nabintech