२३ बैशाख २०८१, आईतवार
आजबाट प्रथम बैजनाथ महोत्सव सुरु

महोत्सवलाई लुम्विनी प्रदेशका माननिय शहरी विकास मन्त्रि कृष्ण के.सि नमुनाद्धारा उदघाटन गरिने


  • प्रमोद रिजाल

  • १० माघ २०८०, बुधबार ०८:०२

कोहलपुर,बाँके: मेहनत सृजना उत्पादन र वस्तु मेरै नेपालको भन्ने मुल नाराका साथ आजबाट बाँकेको बैजनाथ गाउँपालिकामा हुने  ‘प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी एबं प्रर्यटन महोत्सव’को शुभारम्भ हुने भएको छ ।
बैजनाथ गाँउपालिकामा भएका पर्यापर्यटन, लघु घरेलु कृषि उत्पादनको प्रर्बद्धन गरिने मुख्य लक्ष्यकासाथ आयोजना गरिन लागेको महोत्सवको पुर्व संन्ध्यामा महोत्सवको तयारी पुरा भएको केहि सिमित पत्रकारकाबिच गरिएको पत्रकार सम्मेलन मार्फत आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले बताएको समाचार छ ।

महोत्सवलाई लुम्विनी प्रदेशका माननिय शहरी विकास मन्त्रि कृष्ण के.सि नमुनाद्धारा उदघाटन गरिने कार्यक्रमको तय गरिएको छ भने समुदघाटन समारोह दिनको १ बजे तय गरिएको छ ।

माघ १० देखी २१ गते सम्म सञ्चालन हुने महोत्सवमा राजेश हमाल,पल शाह देखि बिभिन्न बिधामा पोख्त राष्ट्रिय कलाकारहरु समेत आउने आयोजकले आफनो प्रचार सामाग्रिमा अंकित गरेको छ । सर्बसधारणका लागि रु १ सय प्रबेश शुल्क लाग्ने तय गरिएको टिकट ब्यबस्थापनमा बिद्यार्थी, अपांक, जेष्ठ नागरिकहरुकालागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराईने र सिजनल टिकट ४ सयमा उपलब्ध हुने टिकट ब्यबस्थापन समितीले दावी गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय समिति, जिल्ला समितिहरु लगायतले लघु, घरेलु तथा साना उद्योग एवंम कृषि क्षेत्रबाट उत्पादन भएका स्वदेशि वस्तुहरुको गुणस्तरियता पहिचान गराई उत्पादित वस्तुलाई राष्ट्रिय स्तरमा व्यापारको वातावरण बनाउन बिगतका वर्षहरुमा जिल्ला तथा क्षेत्रीय स्तरका औद्योगिक तथा पर्यटन महोत्सव सम्पन्न गरिसकेको परिप्रेक्षमा देश संघियतामा प्रवेश भएवाट प्रदेशका आधारमा संघिय राज्य भएकोले नेपाल घरेलु तथा साना उद्योग महासंघद्धारा संख्याको आधारमा यस पटक संचालन हुने महोत्सव छैठौं हुने भएता पनि नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समिती बाँकेले पहिलो पटक “कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान , विकास र सम्मृद्धि बैजनाथको अभियान ” भन्ने मुल नाराकासाथ “प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सव २०८०” मिति २०८० माघ १० गतेदेखि २१ गतेसम्म १२ दिन बैजनाथ ५ स्थित कोहलपुर न्यूसिटीको खाली क्षेत्रमा महोत्सव संचालन हुनेछ ।

महोत्सवमा १५० देखी २०० वटा सम्म नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्धारा संचालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु मेलाको प्रमुख आकर्षणको रुपमा रहने आयोजकको दावि रहेको छ । स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरुको उत्पादित बस्तुहरुको दिगो बजार पहुच स्थापित गर्ने यस महोत्सवको उद्देश्य रहेकोले देश भित्रका सवै प्रकारका उत्पादन मुलक उद्योगका अलावा कृषि, वनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, लगायत पर्यटन, औद्योगीक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने छन साथै महोत्सवमा स्थानिय एंव राष्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रम हरेक दिन हुने छन ।

मेला अवधिभर  एक लाख पचास हजार देखी दुई लाखसम्म दर्शक भित्रिने आकलन गरिएको छ ।छ । लघु घरेलु तथा साना उद्योगहरुले स्थानीय तथा बाह्य स्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीहरुको बजार प्रवर्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवर्धनमा यस महोत्सवले महत्वपूर्ण भूमिका निवार्ह गर्ने समेत देखिन्छ आयोजकको दावि छ ।

बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका साथसाथै प्रर्यटन प्रवर्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा यस महोत्सवलाई प्रमुख उद्देश्य एंव लक्ष्यको रुपमा समेत लिईएको आयोजकहरुको विशवास रहेको छ ।

महोत्सवले बैजनाथ गाउँपालिका भित्र रहेका विभिन्न कला, संस्कृति, भेषभुषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विभिधतायूक्त झाकी, बाजा, परम्परागत पेशा, सीप लगायतका कुराहरुलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुरयाउनेछ भने पालिका भित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थलहरु वडा नं. ६ स्थित निर्माणाधिन मानसरोवर बोटानिकल गार्डेन, वडा नं. ३ मा रहेको कनवा ताल, वडा नं. १ मा रहेको गाभर भ्याली,लायन्स पार्क लगायतलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पु¥याउने कुरामा महासंघ विश्वस्त रहेको बताईएको छ ।
यस पालिका क्षेत्रका घरेलु तथा साना उद्योगहरु, महिला उद्यमीहरुले आफ्ना उत्पादनहरुको महोत्सव मार्फत प्रचार प्रसार तथा बजारीकरणमा समेत सहयोग प्राप्त गर्ने अवसरको सृजना हुनेछ आयोजक विश्वास राख्दछ ।

आयोजकहरुको हवालाका अनुसार महोत्सवका मुख्य आकर्षणहरु राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पादित बस्तु एंव सामग्रीहरु र लुम्विनी प्रदेशको मौलिक कला संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी,स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी,महिला उद्यमीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्री एवं बस्तुहरुको प्रर्दशनी,नविनतम प्रविधि एंव बैकल्पीक उर्जाको प्रदर्शनी,बैंक तथा वित्तिय संघ–संस्था एंव सेवा प्रदायक संघ संस्थाहरुको वर्तमान स्किमहरुको प्रदर्शनी,विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पादित बस्तु तथा सामग्रीहरुको प्रदर्शनी,बाल उद्यान,सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरु,थारु परिकार तथा सम्बन्धित सांस्कृतिक झाकीहरु,स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछन ।

Nabintech