६ जेष्ठ २०८१, आईतवार
बैजनाथको पहिचान भन्दै लगाउन लागिएको महोत्सवको यो भयंकर त्रुटि

पहिचान कायम राख्ने नाममा पहिचान मेटाउने गरि नामांकन


  • बिकल भट्टराई

  • १० माघ २०८०, बुधबार ०८:५१

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा आयोजना हुन लागेको महोत्सवका लागि तयार पारिएको प्रचार सामाग्रिमा बैजनाथको पहिचान मेटिने गरि लेखांकन गरिएको पाईएको छ ।

बैजनाथ गाउपालिकाको पहिचान भन्दै गर्दा प्रचार सामाग्रिमा बैजनाथ ५ कोहलपुर सिटि उल्लेख हुनुले बैजनाथको नामलाई कोहलपुर नामले आझेल पार्ने मात्र नभई यो महोत्सव कोहलपुरमै हुन लागेको दर्शकहरु तथा महोत्सवमा आउने कलाकारहरुमाझ भ्रम सिर्जना गरेको बैजनाथवासिहरु बताउछन ।

आफनो गाउँ ठाउको नाम र पहिचानकालागि पुर्व पश्चिममा बिभिन्न आन्दोलन चलिरहेको सन्दर्भमा आयोजकले बैजनाथ ५ कोहलपुर न्यु सिटि किन लेख्न पुग्यो कतै बैजनाथ भनेर आमन्त्रण गर्दा कता हो कता भनेर कलाकार नआउने आशंका हुने भएकाले लेखेको हुनुपर्ने एकथरिको आकलन रहेको छ भने कतिको महोत्सव स्थल जग्गा प्लटिङवालाहरुको भएकाले कोहलपुर भनेर जग्ग बिक्रिको दाउ भएकाले दवाफमा आयोजकले बैजनाथ ५ कोहलपुर न्यु सिटि लेखेको आकलन गरेका छन ।

मुल ब्यानर मुल प्रचार प्रसार लगाएतका  माघ १२ गते आउने कलाकारहरुको सुचि प्रकाशित गर्ने कागजातमा आयोजकले यस्तो त्रुटि गरेको कोहलपुर टाईम्सले फेला पारेको हो । उक्त दिन गाएक बद्रि पंगेनी, गायिका सिर्जना खत्रि लगाएतका कलाकार आउने कार्यक्रम रहेको छ भने उक्त दिनको होस्टका रुपमा कोहलपुरका चर्चित उदघोषक कोस खडकाले गर्नेछन ।

Nabintech