२३ बैशाख २०८१, आईतवार
वायुसेवा निगमद्धारा १३५ अर्ब सफ्ट लोनका लागि अन्तर्राष्ट्रिय आशयपत्र आह्वान

  • टाइम्स संवाददाता

  • ११ माघ २०८०, बिहीबार १३:२९

काठमान्डौ :   नेपाल वायुसेवा निगमले एक सय ३५ अर्ब सफ्ट लोनका लागि अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरेको छ । माघ ४ गते निगम सञ्चालक समितिको निर्णय बमोजिम १ सय ३५ अर्ब सफ्ट लोन प्राप्तिका लागि मङ्गलबार अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको निगमले जनाएको छ । सफ्ट लोन लिन सैद्घान्तिक सहमतिका लागि निगम सञ्चालक समितिका अध्यक्ष युबराज अधिकारीको अध्यक्षतामा जेठ २५ गते बसेको बैठकले नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको थियो । सोही बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्राप्त निर्देशन अनुसार सफ्ट लोनका लागि आसय पत्र आह्वान गरिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ

 

निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । उक्त ऋणको ब्याजदर भन्दा कम ब्याजदरमा सफ्ट ऋण खोजेर ब्याज खर्चको भार कम गर्न खोजेको निगमले जनाएको छ । सफ्ट लोन प्राप्त पश्चात हाल निगमले वार्षिक रुपमा तिर्दै आएको करिब साढे तीन अर्ब ब्याज खर्चमा उल्लेख्य कटौती हुन गई निगमको नाफा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Nabintech