२० बैशाख २०८१, बिहीबार
पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

  • टाइम्स संवाददाता

  • १२ माघ २०८०, शुक्रबार १०:४३

काठमाण्डाै: देशका पहाडी भेगका केही ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना भए पनि देशभर वर्षाको सम्भावना भने तत्काल नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले ठूलो वर्षाको सम्भावना नभए पनि छिटपुटदेखि हल्का वर्षा हुनसक्ने महाशाखाका मौसमविद् गोविन्दा झाले बताउनुभयो । तराई मधेसका धेरैजसो ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको र दिउँसो भने मौसममा सुधार आउन सक्ने महाशाखाले जनाएको छ ।

तराईमा चलिरहेको शीतलहर र लामो समयदेखि लागेको बाक्लो हुस्सु कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावा नचलेको र पानी नपरेकाले निरन्तर हुस्सु कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज पनि हिमपातको सम्भावना छ। तराईमा शीतलहर र बाक्लो हुस्सु कुहिरो तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको छ ।

Nabintech