२० बैशाख २०८१, बिहीबार
गुडिरहेको बस बानेश्वर सडकमा भासियो

  • टाइम्स संवाददाता

  • १२ माघ २०८०, शुक्रबार १२:४४

काठमाडौँ: काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको छ । सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।
Nabintech