२० बैशाख २०८१, बिहीबार
उल्लासमय रुपमा चल्दै बैजनाथ महोत्सव

  • टाइम्स संवाददाता

  • १३ माघ २०८०, शनिबार ०६:३६

बैजनाथ,बाँके: बैजनाथ गाउँपालिका ५ न्यू सिटिको मैदानमा जारी रहेको प्रथम बैजनाथ महोत्सवमा चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शक दिर्घाको ध्यान खिच्न सफल भएको छ ।

महोत्सवको तेस्रो दिन शुक्रवार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । बद्रीले बजारमा चर्चा पाएका लोक गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।

महोत्सवको तेस्रो दिनमा दर्शकको भीडभाड बढेको थियो भने महोत्सवमा राखिएका स्टलहरुमा ब्यापार समेत बढेको बताईएको छ । महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लाग्ने गरेको ब्यापारीहरुको दावि रहेको छ ।

कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृक्तिको पहिचान । विकास र सम्मृद्धि बैजनाथको अभियान । भन्ने मुल नाराकासाथ  संचालन भैरहको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन सम्ममा महोत्सव उल्लासमय रहेको आयोजकले जनाएको छ ।

Nabintech