२० बैशाख २०८१, बिहीबार
बाँकेको न्यूनतम तापक्रम ८.८ डिग्री,जनजीवन थप कष्टकर

दिनानुदिन चिसो बढिरहेको भन्दै स्वास्थ्यमा सर्तकता अपानाउन चिकित्सकहरुको अपिल


  • टाइम्स संवाददाता

  • १३ माघ २०८०, शनिबार १६:४२

बाँके :मध्ये माघ लाग्दा समेत चिसो घट्नुको साटो झन बढेपछि बाँकेको जनजीवन थप कष्टकर बनेको छ । नेपालगन्जमा आज चिसो झन बढी महशुस गरिएको छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १४.३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएका कारण देशभरको तापक्रम घटेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो।

मौसम पूर्वानुमान महाशाखाको तथ्याकं अनुसार आज जोमसोममा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ।

त्यस्तै जुम्लामा माइनस ५.२ डिग्री सेल्सियस र जिरीमा माइन १.६ डिग्री सेल्सियम न्यूनतम तापक्रम छ। पानी परेको खण्डमा चिसो स्वतः बढ्छ। तर तत्काल ठूलो वर्षा गराउने प्रणालीको विकास भइनसकेको मौसमविद अर्यालले जानकारी दिनुभयो।

अघिल्लो वर्ष यतिबेलासम्म हिउँदे वर्षा गराउने दुइतीन वटै प्रणाली भित्रिसकेकोमा यसपालि ढिला भएको उनले बताउनुभयो । ‘अघिल्लो वर्ष यतिबेलासम्म दुई/तीन वटै प्रणाली भित्रिसकेका थिए।

मंसिर, पुस, माघ महिनामा कम्तिमा पनि महिनैपिच्छे १५ मिलिमिटर वर्षा हुनुपर्ने हो,’ उहाँले भन्नुभएको छ । हिउँदे वर्षा हुने अवधि अझै एक महिना बाँकी रहेकाले त्यतिबेलासम्म पानी पर्नसक्ने उहाँको भनाइ छ। दिनानुदिन चिसो बढिरहेको भन्दै स्वास्थ्यमा सर्तकता अपानाउन चिकित्सकहरुले अपिल गरेका छन् ।

Nabintech