२२ बैशाख २०८१, शनिबार
सार्क पत्रकार मञ्च नेपाल च्याप्टरको पहिलो अधिवेशन लुम्बिनीमा हुँदै

  • टाइम्स संवाददाता

  • १३ माघ २०८०, शनिबार १९:३२

काठमाडौं   :   सार्क पत्रकार मञ्च नेपाल च्याप्टरको पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा हुने भएको छ। सम्मेलन तयारीका लागि सम्मेलन तयारी समितिको संयोजकमा नेपाल च्याप्टरका सदस्य रुद्र सुवेदी र सहसंयोजकमा मोहम्मद आरिफ अन्सारीलाई तोकिएको छ । सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानको उपस्थितिमा बसेको नेपाल च्याप्टरको जुम बैठकले उक्त निर्णय गरेको नेपाल च्याप्टरका अध्यक्ष प्रकाश सिलवालले जानकारी दिए ।

 

 

 

सम्मेलन तयारीका लागि नेपाल च्याप्टरका सदस्य सुवेदीलाई संयोजक र अन्सारीलाई संयोजक तोकिएको र सम्मेलनको मिति र स्थान केही दिनभित्र निर्णय हुन्छ,’ सिलवालले भने । अध्यक्ष सिलवालले पहिलो सम्मेलनमा नेपाल च्याप्टरका सदस्य र अन्तर्राष्ट्रिय पत्रकारहरुको सहभागिता रहने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या, समस्या र समाधानका लागि सार्क पत्रकार मञ्चले निर्वाह गरेको भूमिकाबारे छलफलको सुरुवात हुने अपेक्षा गरिएको छ ।

Nabintech