२१ बैशाख २०८१, शुक्रबार
प्रथम बैजनाथ महोत्सबमा प्रिती आले, मस्किए दर्शक

  • टाइम्स संवाददाता

  • १४ माघ २०८०, आईतवार ०५:४०

बैजनाथ बाँके:बैजनाथमा जारि प्रथम बैजनाथ महोत्सवको चौथो दिन शनिबार चर्चित गायिका प्रिती आलेद्धारा पस्किएका गीतहरुमा दर्शकहरु मस्किएका छन। आलले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिंदै  रयाप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए ।

महोत्सवमा गायीका प्रितीले गाएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आयो तेरो मिस चुपलाग साला थिस, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीएकी थिईन । आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिएका छन । महोत्सव माघ २१ गतेसम्म संचालन हुनेछ

मेहनत सृजना , उत्पादन र वस्तु मेरै नेपालको प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव(२०८० ूकृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र संबृद्ध बैजनाथ अभियान भन्ने मुल नाराका साथ संचालन महोत्सवमा शनिवार कोष बहादुर खड्काले उद्धघोषण गरेका थिए भने महोत्सवमा मोडल तथा डान्सर टिका जैसी लगायत द लेभल अफ डान्स ग्रुपको बेजोड प्रस्तुती संगै स्थानीय कलाकारहरूले पनि प्रस्तुति राखेका थिए । महोत्सवमा १० देखि १२ हजार दर्शकको उपस्थित रहेको आयोजकले अनुमान गरेको छ ।

Nabintech