२२ बैशाख २०८१, शनिबार
स्थापना दिवसका अवसमा रुकमेली सेवा समाजको बिबिध कार्यक्रम

पर्यापर्यटनको प्रचार प्रसारका साथै रूकुमेलीहरूको एकता, सद्भाव, बिश्वास र भातृत्व कायम गर्न समाजले भुमिका निभाउने


  • टाइम्स संवाददाता

  • १४ माघ २०८०, आईतवार ०७:०९

नेपालगञ्ज, बाँके:रुकुम जिल्लाबाट बाँके जिल्लामा आई बसोवास गर्नेहरुको साझा संस्था रुकमेली सेवा समाज बाँकेले आफनो दास्रो स्थापना दिवसका अवसरमा बिबिध कार्यक्रम गरि आफनो प्रथम बार्षिक उत्सव मनाएको छ ।

”रूकुमेलीहरुको जन,मन र तनमा पुगौं, सुख दुःख,अप्ठेरामा सेवामै समर्पित हौं” भन्ने मूल नाराका साथ बिबिध कार्यक्रमको आयोजना गरि समाजले दोस्रो बार्षिक उत्सव मनाएको हो ।सो अवसरमा रुकुमेली सेवा समाज बाँकेले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै निल सागर सेवा आश्रम बाँके नेपालगञ्जलाई खाद्यान्न राहत सामाग्रि बितरण समेत गरेको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन ब्यानर पढेर उदघाटन गर्दै जिल्ला अध्यक्ष बासुदेब गौतमले मानविय सेवामा रुकमेली सेवा समाज सर्मपित रहेको उल्लेख गरे । उनले खाद्यान्न अभाव, रगत अभाव तथा बिचल्लिमा परेका ब्यक्तिहरुको उद्धारमा समाजले उल्लेखनिय भुमिका खेलेको समेत चर्चा गरे ।

रकुम जिल्लाबाट बाँके जिल्लामा बसाई सराइ गरेका रूकुमेलीहरूको एकता, सद्भाव, बिश्वास एवं एक अर्काले सुख दुखको समयमा सेवा,सहयोग गर्ने र रुकुमबाट उपचारका लागि नेपालगञ्ज आउने महानुभावको सहयोग ,सहजीकरण गरि सेवा गर्न रुकमेली समाज गठन गरिएको बताईएको छ ।

रुकुमेली कला संस्कृति, संस्कार, सभ्यताको प्रचार,प्रसार,जगेर्न साथै रुकुमका पर्यटक स्थलको प्रचार प्रसार गर्ने मूल ध्ययका साथ २०७९ साल माघ १३गतेका दिन रुकुमेली सेवा समाज बाँके गठन गरिएको समाजका सचिव चिन्ताराम शर्माले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दीपेन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा निल सागर आश्रम नेपालगञ्जलाई १० बोरा चामल, १० केजि दाल, ५ लिटर तेल र ५ किलो नुन वितरण गरिएको सेवा समाजका सचिव चिन्ताराम शर्माले कोहलपुर टाईम्ससंगको कुराकानिमा भने । उक्त राहत सामाग्रि रुकमेली सेवा समाज नेपालगञ्ज नगर कार्य समितीले उपलब्ध गराएको जनाईएको छ ।

समाजका जिल्ला अध्यक्ष बासुदेव गौतमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा निल सागर सेवा आश्रम नेपालगञ्जका संस्थापक अध्यक्ष सरीता खनाल, रुकमेली सेवा समाजका पदाधिकारी,उप समितीका संयोजक, पालिकाका पदाधीकारीको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव चिन्ताराम शर्माले गरेका थिए ।

 

 

 

Nabintech