१५ बैशाख २०८१, शनिबार
तुइन खोलामा माघभित्रै भित्तो काटिसकेर पुलको जग हाल्ने तयारी : नारायणगढ–मुग्लिन सडक

  • टाइम्स संवाददाता

  • १५ माघ २०८०, सोमबार ०७:२४

चितवन :  नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । दैनिक चार घण्टा गाडी रोकेर गएको पुस ७ गतेदेखि काम भइरहेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको ३५ मिटर गएको वर्ष नै काटिएको थियो । बाँकी २५ मिटरमध्ये अहिले एकातर्फको भाग ११ मिटर र अर्काेतर्फ १४ मिटर तल झरेको छ । अब मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ ।

आचार्यले भन्नुभयो, ‘भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भएको छ, माघभित्र सबै सकिन्छ ।’ पहाडको भाग अरू तल झरेपछि जाली लगाएर भित्तो काट्दा अब गाडी रोक्नु नपर्ने देखिएको छ । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी गाडी रोक्न नपर्ने आचार्यले बताउनुभयो । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो

Nabintech