१६ बैशाख २०८१, आईतवार
दुई दिन देशभर पानी नपर्ने

  • टाइम्स संवाददाता

  • १५ माघ २०८०, सोमबार १०:२२

काठमाण्डाै  :  पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज र भोलि देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुका कारण पर्सि बुधवारदेखि सुदूरपश्चिमी क्षेत्रका पहाडी भेगमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना भए पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुुभयो । पर्सि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने उहाँको भनाइ छ ।

यस्तै, तराई मधेसमा बिहानपख लाग्ने बाक्लोे हुस्सु र  कुहिरो दिउँसोपछि बिस्तारै हट्दै जान थालेको छ । यसले गर्दा तराईमा चिसो केही कम हुने मौसमविद्को भनाइ छ ।

तराईमा लामो समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । तीव्र गतिको हावा चलेमा, पानी परेमा वा घाम लागेर तापक्रम बढेमा हुस्सु र कुहिरो हट्दै जाने मौसमविद्ले बताएका छन् ।

Nabintech