५ जेष्ठ २०८१, शनिबार
कोहलपुरमा माघ २५ गते देखि पर्यटन महोत्सव सन्चालन हुने

  • टाइम्स संवाददाता

  • १६ माघ २०८०, मंगलवार १६:४४

कोहलपुर : पाँचौ प्रादेशिक औद्योगिक ,लघु,घरेलु तथा कृषि,प्रबिधी, ब्यापार एबं पर्यटन महोत्सव माघ २५ गते देखि फाल्गुन ४ गते सम्म संचालन हुने भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समिति एबं महिला समितीको मुख्य आयोजनामा महोत्सव संचालन हुने मेला मुल आयोजक समितीका संयोजक हेम बिक्रम जिसीले जानकारी दिए ।
ब्यापार मेला एबं पर्यटन महोत्सवमा कृर्षि,वनपैदाबार,हस्तकालाका सामाग्री ,उर्जा ,वायोग्यास लगायतका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।


साना उद्योगिहरुलाई स्थानीय स्तरमा उत्पादन भएका बस्तु तथा सामाग्रीहरुको बजारीकरण गर्नको लागी यो महोत्सव फलदायी हुने बताइएको छ । महोत्सवमा ३०० देखि ३५० वटा सम्म स्टल रहने बताइएको छ । जेष्ठ नागरिकहरु र अशक्तहरुलाई मेला प्रबेशमा निशुल्क गरिने आयोजकले जनाएको छ । महोत्सवलाई ब्यवस्थित गर्नको लागी सुरक्षा निकाय र सरोकारवाल निकायसग समन्वय भइरहको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । मेला स्थलमा दर्शकहरुको भिडलाई मध्यनजर गरेर आपतकालिका गेटहरु खुल्ला गर्न सक्ने गरेर मेला स्थलमा गेट निमार्ण भइरहेको बताइएको छ ।
कोहलपुरमा घरेलु औद्योगिक संग्रालय तथा अनुसन्धान केन्द्र निमार्ण गर्ने हेतुले मेला आयोजना गरिएको बताइएको छ ।

 

Nabintech