२१ बैशाख २०८१, शुक्रबार
धोकेबाजको प्रस्तुतीमा झुमे दर्शक

  • टाइम्स संवाददाता

  • १८ माघ २०८०, बिहीबार १९:५३

बैजनाथ   :  मेहनत सृजना , उत्पादन र वस्तु : मेरै नेपालको प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव-२०८० “कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र सम्मदि बेजनायो अभियान भन्ने मुल नाराका साथ संचालन भैरहेको महोत्सवको नवौं विहीबार चर्चित लोकप्रिय गायिका एलिना चौहानले आफ्नो बेजोड प्रस्तुति दिनु भएको छ । एलिना चौहानले बजारमा चर्चित भएका गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिनु भएको थियो ।

 

महोत्सवमा चर्चित गायिका एलिनाले कट्ट हान्दिन्छु, धोकेबाजहौ तिमी, मिनिरल वाटर, यो भाग्यमा खोट छ लगायतका चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । चौहानले गाएका सबै गीतहरुमा दर्शकहरु स्वरमा स्वर मिलाउदै हर्षाउल्लासका साथ रमाएका थिए । यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिनु भएको छ । महोत्सव माघ २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ  https://fb.watch/pZulFEPJ0_/

Nabintech