२३ बैशाख २०८१, आईतवार
बन्यजन्तु उद्धार र ब्यवस्थापनको एक दिने तालिम सम्पन्न

  • टाइम्स संवाददाता

  • २० माघ २०८०, शनिबार १७:०६

कोहलपुर :   डिभिजन वन कार्यालय बाँकेले फिल्डस्तरका कर्मचारीहरुलाई बन्यजन्तु उद्धार सम्बन्धीको एक दिने तालिम सम्पन्न गरेको छ ।
बन्यजन्तुहरुबाट कसरी सुरक्षित रहने र बन्यजन्तुलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा तालिम प्रदान गरिएको थियो । बिषेश गरेर अब गर्मी मौसममा सर्प , अजिङगरबाट समुदायका मानिसहरुलाई कसरी सचेतना दिने र सर्पहरु घर गोठमा पसेमा कसरी सर्पको उद्धार गर्ने भन्ने बिषयमा केन्द्रित रहेर तालिम प्रदान गरिएको फोकल प्रसन नबराज शाहीले बताए ।

पछिल्लो समयमा बाँकेमा सर्पहरुको बिगबिग बढदै गएको हुदा  घरमा सर्प पसे डिभिजन वन कार्यालयमा खबर गरे पछि उद्धारको लागी युनिट रहेको र तत्कालै घटनास्थल पुगेर काम गर्नको लागी युनिट एलट रहेको    डिभिजन वन कार्यालय बाकेका सुचना अधिकारी बिरेन्द्र रोकायले बताए ।
वनका कर्मचारीहरु बिशेष गरेर फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको लागी सर्पको जोखिमबाट कसरी जोगिने र कसरी उद्धार र ब्यवस्थापन गर्ने भन्ने बिषयमा प्रशिक्षक चिरन्जीबी खनालले प्रशिक्षण दिएका थिए ।तालिमा २५ जनाको सहभागीता रहेको थियो । कार्यक्रम डिभिजन बन कार्यालय बाकेको आयोजना र तराइ भु परिधी कार्यक्रमको सहयोगमा सन्चालन गरिएको थियो

Nabintech