२५ बैशाख २०८१, मंगलवार
कोहलपुरमा अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सन्चालन हुने

  • टाइम्स संवाददाता

  • २१ माघ २०८०, आईतवार १४:१२

कोहलपुर  :  बाँकेको कोहलपुरको क्रिकेट मैदानमा यही माघ २७ गते देखि फाल्गुन ३ गते सम्म सुशिल कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सन्चालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितीको ब्यवस्थापनमा प्रतियोगिता सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आर्चायले यो प्रतियोगिताले महिला क्रिकेटको लागी कोसेढुंगा साबित भएको बताए ।यस प्रतियोगिताले महिला क्रिकेट खेलाडीको लागी आत्मबल समेत बढाउने बिश्वास लिएको र सचारकर्मीहरुले सकरात्मक सन्देश प्रवाह गरिदिन समेत आग्रह गरेका थिए।
क्रिकेटका पुर्व राष्ट्रिय कप्तान एल बी क्षेत्रीले कोहलपुरमा यो प्रतियोगिताले महिला क्रिकेट खेलाडीको लागी पुर्नजन्म दिएको बताए ।  देशभरीका ५वटा टिमहरु प्रतियोगिताम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
प्रतियोगितालाई ब्यवस्थित गर्नको लागी चिन्तामणी धितालको संयोजकत्वमा समन्वय समिती बनाइएको छ ।क्यान सगको समन्वय गर्ने काम यो समितीले गर्ने छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र द्धितिय हुनेलाई ५० हजार ट्रफिको समेत ब्यवस्था गरिएको छ । बिभिन्न जिल्लाबाट आउने खेलाडीहरुको आबास र खानपिनको ब्यवस्था आयोजकले गर्ने बताइएको छ ।
यो प्रतियोगिताले कोहलपुरको लागी ऐतिहासिक हुने बताइएको छ ।

Nabintech