२१ बैशाख २०८१, शुक्रबार
एक होटलमा आमा छोरा मृत अवस्थामा फेला

  • टाइम्स संवाददाता

  • २१ माघ २०८०, आईतवार १४:२०

दाङ :   दाङको घोराहीमा रहेको एक होटलमा आमा छोरा मृत अवस्थामा फेला परेका छन् । उनीहरुको हत्या अभियोगमा प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट श्रीमती आएको भनेर गएराति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटमा रहेको एक होटलमा बास बसेका थिए । आज बिहान आपसी विवादपछि श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिनुभयो । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

Nabintech