२१ बैशाख २०८१, शुक्रबार
डडेल्धुरामा आगो ताप्ने क्रममा निसासिएर ज्यान गयाे

  • टाइम्स संवाददाता

  • २२ माघ २०८०, सोमबार १६:४०

डडेल्धुरा :  डडेल्धुराको अमरगढी नगरपालिकामा आगो ताप्ने क्रममा निसासिएर गए राति सासू–बुहारीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा अमरगढी–१ मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो । उहाँका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरूको ज्यान गएको खुलेको छ ।

बेहोस अवस्थामा फेला परेका दुवै जनालाई घरपरिवार र आफन्तले आज बिहान अस्पताल पुर्‍याएका थिए । तर अस्पताल पुग्नसाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।

Nabintech