२१ बैशाख २०८१, शुक्रबार
दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप

  • टाइम्स संवाददाता

  • २२ माघ २०८०, सोमबार १६:४२

काठमाण्डाै  :  सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताउनुभयो । अभियान सञ्चालन गरी झन्डै ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका बालबालिकालाई आउँदो फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको छ । भारतसँग सीमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ वटा जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिनुभयो । क्रमशः ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उहाँको भनाइ थियो ।

Nabintech