२१ बैशाख २०८१, शुक्रबार
प्रदेश सरकारलाई प्रभावकारी बनाउन एमालेको माग

  • टाइम्स संवाददाता

  • २२ माघ २०८०, सोमबार १६:४८

  पोखरा :  नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारलाई प्रभावकारी बनाउने माग गर्दै २४ बुँदै ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

एमालेले प्रदेशको खर्च क्षमता बढाउन र सेवा प्रवाहलाई डिजिटलाइज्ड गर्ने घोषणामा कार्यान्वयनमा लाग्न भनेको छ । पुस मसान्तसम्म सरकारको पुँजीगत खर्च १३‍.३९ प्रतिशतमात्र थियो । नेता अधिकारीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उद्घाटन, साधारणसभा जस्ता कार्यक्रममा अल्झिएको दाबी गर्दै प्रदेश समन्वय परिषद्को बैठकले गरेका निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरला–त्रिवेणी सडक पूरा गर्न र प्रदेशका गौरव तथा रुपान्तरणकारी योजनामा आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । प्रशासनिक खर्चमा मितव्ययी बन्न आग्रह गर्दै ध्यानाकर्षणपत्रमा दोस्रो पञ्चवर्षीय योजना निर्माणमा सहभागिता र स्वामित्व सबै पक्षको हुने वातावरण बनाउन माग गरिएको एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले उल्लेख गर्नुभयो ।

Nabintech